बिर्तामोड । झापाको बिर्तामोड–३ स्थित लिङ्कन मन्टेश्वरी विद्यालयले श्रीकृष्ण जन्माष्टमी तथा अभिभावक अभिमुखीकरण कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश ओझाको अध्यक्षता तथा बिर्तामोड नगरपालिका शिक्षा शाखाका अधिकृत लासाङ तामाङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा न्युटन्स् एजुकेशन एकेडेमीका प्रिन्सिपल तथा प्याब्सन झापा जिल्ला सदस्य देवेन्द्र हुमागाईंले विद्यालयले अतिरिक्त क्रियाकलाप मार्फत शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्नुभयो।
प्रमुख अतिथि लासाङ तामाङले घर नै बालबालिकाको पहिलो पाठशाला भएकाले प्रारम्भिक व्यवहार निर्माणमा परिवारकै मुख्य भूमिका हुने बताउनुभयो।

अभिभावक अभिमुखीकरण सत्रको सहजीकरण Inside Pathways Private Limited का फाउन्डर तथा प्रशिक्षक कमला भट्टराई र पुष्पाञ्जली सिन्हाले गर्नुभएको थियो।
Inside path ways private limitedको स्थापना २०२५ साल फेब्रुअरी महिनामा भएको थियो। यस संस्थाले लिडरसिप पब्लिक स्पिकिङ लगायतका सम्पूर्ण सफ्ट स्किलका ट्रेनिङहरु नेपालका विभिन्न जिल्लाहरुमा गर्दै आएको छ।
आजको आर्थिक अवस्था र कार्यक्रमको प्रकृति अनुसार अत्यन्तै सस्तो मूल्य लिँदै क्षमता विकास सम्बन्धी प्रशिक्षण दिने गरेको प्रशिक्षक कमला भट्टराईले जानकारी दिनुभयो उहाँले अभिभावक को सबलीकरणका लागि लिङ्कन मन्टेश्वरी विद्यालयले आयोजना गरिएको कार्यक्रम अत्यन्तै प्रशंसनीय र उत्कृष्ट भएको प्रतिक्रिया दिनुभयो ।
सो क्रममा नेतृत्व विकास, सञ्चार सीप र बालबालिकाको क्षमता पहिचानबारे प्रशिक्षण दिइएको थियो।
कार्यक्रममा विद्यालयका एकेडेमी इन्चार्ज भावना सरकारले आफ्नो २० वर्षको अनुभव उपयोग गर्दै विद्यालयलाई कक्षा १२ सम्म विस्तार गर्ने परिकल्पना साझा गर्नुभयो।
सोही अवसरमा भावना सरकारलाई नयाँ एकेडेमिक इन्चार्जका रूपमा चयन गरिएको विद्यालयका सञ्चालक सरोज पौडेलले जानकारी दिनुभयो ।
हाल ८० भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको यस विद्यालयको कार्यक्रममा बालबालिकाले श्रीकृष्णको वेशभूषामा सांस्कृतिक प्रस्तुति दिएका थिए।

कार्यक्रममा प्याब्सन नगर समिति बिर्तामोडका सहसचिव पुण्यप्रसाद उप्रेती, सदस्यहरू दिवाङ्कर मैनाली र कुलदीप घिमिरे, साझा अनलाइनका सम्पादक सन्तोष न्यौपाने, मोफसल अनलाइनका सम्पादक भरत प्रसाई, हार्डनेस स्कुलकीइन्चार्ज एलिना बस्नेत, पत्रकार देव बाँस्कोटालगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन सञ्चालक सरोज पौडेलले गर्नुभएको थियो।
विद्यार्थीमा संस्कार, संस्कृति र सिर्जनशीलताको विकास गराउँदै अभिभावकलाई बालबालिकाको मनोविज्ञान बुझाउन कार्यक्रम आयोजना गरिएको हो।














