झापाको बिर्तामोडमा अवस्थित कञ्चन अंग्रेजी माध्यमिक विद्यालयमा शिक्षक तालिम सम्पन्न भएको छ ।
तालिममा कञ्चन अंग्रेजी माध्यमिक विद्यालय तथा लिङ्कन मन्टेश्वरी स्कुलका शिक्षकहरुको सहभागिता रहेको थियो ।
उक्त तालिमको सहजीकरण प्राध्यापक डा.कुमार सुवेदीले गरेका थिए । तालिममा शिक्षकहरुलाई शिक्षण पेशा र कक्षा कोठामा गर्नुपर्ने काम कर्तव्य लगायतका विषयमा प्रशिक्षण गराइएको थियो ।
विद्यालयका प्रिन्सिपल दिपक चम्लागाईंको अध्यक्षतामा भएको तालिममा बालबालिका शिक्षा तथा सञ्चार मञ्चका संयोजक तथा लिङ्कन मन्टेश्वरी स्कुलका सञ्चालक सरोज पौडेलले मन्तव्य राखेका थिए ।
सहायक प्रिन्सिपल बद्री बास्कोटा, लिङ्कन मन्टेश्वरी स्कुलका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश ओझा लगायतको आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन विद्यालयका सञ्चालक डिल्लीराम चम्लागाईंले गरेका थिए ।














