
पवन ढकाल बुद्धशान्ति, झापा, २६ भदौ । झापाको बुद्धशान्ति गाउँपालिकामा ६०औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय बाल दिवस २०८३ को अवसरमा विभिन्न प्रतियोगिताका विजेता विद्यार्थी तथा उत्कृष्ट शिक्षकहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको छ।

गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा तथा महिला, बालबालिका तथा समाज कल्याण उपशाखाको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजित हाजिरीजवाफ, निबन्ध लेखन तथा चित्रकला प्रतियोगिताका विजेतालाई ट्रफी, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिएको हो।

हाजिरीजवाफ प्रतियोगिताको प्राथमिक तहमा जयपुर इङ्लिस बोर्डिङ स्कुल प्रथम, महानन्द शिक्षा सदन द्वितीय, एरा एभरग्रीन इङ्लिस बोर्डिङ स्कुल तृतीय र आदर्श मावि जयपुर सान्त्वना भएका छन्।
निम्न माध्यमिक तहमा जेईबीएस र एरा एभरग्रीन संयुक्त रूपमा प्रथम, बुद्धआदर्श द्वितीय, शान्ति आदर्श तृतीय र लिटल स्टार सान्त्वना भएका छन्।

त्यस्तै, माध्यमिक तहको हाजिरीजवाफ प्रतियोगितामा गाडिगाउँ मावि प्रथम, सरस्वती मावि द्वितीय, जयपुर इङ्लिस स्कुल तृतीय र एभरग्रीन इङ्लिस स्कुल सान्त्वना भएका छन्।

‘विकास र विपत्तिमा स्थानीय सरकारको भूमिका’ विषयक माध्यमिक तहको निबन्ध लेखन प्रतियोगितामा सरस्वती माविकी सिम्रन पौडेल प्रथम, कर्णाली एजुकेसनकी खुसी भट्टराई द्वितीय, शान्ति आदर्शका सुमित तिम्सिना तृतीय तथा एरा एभरग्रीनका प्राग्य भट्टराई सान्त्वना भएका छन्।

प्राथमिक तहको चित्रकला प्रतियोगितामा सरस्वती माविकी निर्मला विक प्रथम, जयपुर इङ्लिस स्कुलकी समीक्षा भट्टराई द्वितीय, एरा एभरग्रीनकी समृद्धि बजगाईं तृतीय तथा लिटल स्टारकी स्मारिका घिमिरे सान्त्वना भएका छन्।

कार्यक्रममा २०८२ सालको कक्षा ८, एसईई तथा कक्षा १२ परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई समेत नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
सम्मानित हुने विद्यार्थीहरूमा सिम्रन पौडेल, प्राञ्जल घिमिरे, प्रज्वल सुवेदी, काब्याञ्जली न्यौपाने, सशा मैनाली, अपूर्व कट्वाल, होमनाथ पाण्डे, प्रज्ञान राई, एन्जल खड्का, आदित्य भट्टराई, कुशल तिम्सिना र स्मारिका नेपाल रहेका छन्।
यसै अवसरमा शिक्षा क्षेत्रमा लामो समयदेखि योगदान पुर्याएका हरिभक्त दाहाल, सोमनाथ पौडेल , शिव प्रसाद पौडेल पुण्यप्रसाद उप्रेती, सोमनाथ भट्टराई र अम्बिका देवी सिटौलालाई ‘दीर्घसेवा सम्मान’ प्रदान गरिएको थियो।

कार्यसम्पादन मूल्याङ्कनका आधारमा उत्कृष्ट शिक्षकका रूपमा आदर्श माविका हरिप्रसाद पोख्रेल ,, गाडिगाउँ माविका दुर्गानाथ ढकाल, श्री मावि बर्नेका युवराज अर्याल, बुद्धआदर्श माविका ज्ञानबहादुर घिमाल र शिशुसुधार आविका विनिता घिमाल नगदसहित सम्मानित भएका छन्।
त्यस्तै, कार्यसम्पादनतर्फ उत्कृष्ट विद्यालय तथा एसईईतर्फ उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालयलाई समेत सम्मान गरिएको थियो। सामुदायिक विद्यालयतर्फ एसईईमा गाडिगाउँ मावि , सरस्वती मावी र संस्थागततर्फ एरा एभरग्रीन उत्कृष्ट घोषित भएका छन्।

कार्यक्रममा गाउँपालिका अध्यक्ष मनोज प्रसाईं, उपाध्यक्ष भवानीप्रसाद खतिवडा, प्रमुख प्रशासकीय अधिकृत मनोज साह, शिक्षा अधिकृत झलका अधिकारी भट्टराई , वडा नं. १ का अध्यक्ष अनिल वाग्ले, वडा नं. ३ का अध्यक्ष पर्शुराम चेम्जोङ, वडा नं. ५ का अध्यक्ष डेगेन्द्र कार्की, वडा नं. ६ का अध्यक्ष शिवप्रसाद पौडेललगायत जनप्रतिनिधि तथा शिक्षा शाखाका कर्मचारीहरूहरुको उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन शिक्षा शाखा प्रमुख कमलप्रसाद निरौलाले गर्नुभएको थियो। कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रमले विद्यार्थीको प्रतिभा र सिर्जनशीलतालाई प्रोत्साहन गर्नुका साथै शिक्षा क्षेत्रमा योगदान पुर्याउने शिक्षक तथा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान गर्ने संस्कारलाई थप बलियो बनाएको आयोजकले जनाएको छ।














