झापा । गतवर्ष भदौ २३-२४ मा भएको जेन-जी विद्रोहमा घाइते भएका झापाका विवेक दनुवारले उक्त घटनामा घाइते भएका सबैको उचित स्वास्थ्य उपचार, शिक्षा तथा रोजगारीको माग गर्दै अनशन बसेका छन् ।

उनको अनशनलाई ऐक्यवद्धता जनाउँदै जेन-जी अभियन्ता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सचिवालय सदस्य किशोरी कार्कीले आज बिर्तामोड आएर विवेक दनुवारलाई भेट गरेकी छन् ।

Kishori-Karki

अनशनको उद्देश्य विवेकले आफ्नो लागि मात्र नभएर उक्त घटनामा परेर घाइते भएका सबैको उचित स्वास्थ्य उपचार, शिक्षा तथा रोजगारीको माग गरेको पाए पछि आफू पनि सोही अभियानको अभियन्ता भएकाले ऐक्यवद्धता जनाएको बताइन् ।

 मतदान गर्नुहोस

केन्द्रीय सचिवालय सदस्य कार्कीले सोही घटनाबाट चिनिएका कोही गृहमन्त्री हुने र अन्य कोही मन्त्री तथा विभिन्न जिम्मेवारीमा हुने तर घाइतेहरुले उचित स्वास्थ्य उपचार, शिक्षा तथा रोजगारीको माग गर्दै अनशन बस्नुपर्ने अवस्था आउनु दुखद् रहेको बताइन् ।

‘घाइतेहरु जीवित रहँदै उनको उचित स्वास्थ्य उपचार गर सरकार ! भोलि घाइतेहरुको मृत्युभएपछि लाशको वरिपरी घुमेर नाटक देखाउने पाउने छैनौ’ अभियन्ता कार्कीको भनाई छ ।

Gen-Z-movement-victim-Danuwar-1536x864

अनशनरत दनुवारलाई भेट्न कार्कीसँगै केन्द्रीय सचिवालय सदस्य सन्तोष आचार्य, कोशी प्रदेश अध्यक्ष, झापा जिल्ला अध्यक्ष लगायत गएका थिए ।

आजै अपरान्ह जिल्ला प्रशासन कार्यालय झापामा जेन जी घाइते दनुवारका प्रतिनिधि र सरकारी प्रतिनिधि बीच अनशनकारीका मागका विषयमा छलफल गर्ने तयारी भएको जनाइएको छ ।