हुन्डाईको चर्चित कम्प्याक्ट एसयूभी ‘द अल न्यू हुन्डाई भेन्यू’ झापाको बिर्तामोडमा एक विशेष कार्यक्रमका बीच सार्वजनिक गरिएको छ। आकर्षक तथा बोल्ड डिजाइन, थप आरामदायी फिचर, अत्याधुनिक प्रविधि र उत्कृष्ट पर्फमेन्सको समिश्रणसहितको नयाँ भेन्यू नेपाली बजारमा आएको हो।

आज बुधबार बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाई, अपार इन्भेष्टमेन्ट कम्पनीका अध्यक्ष ओमकृष्ण बिमली, एलाइन्स मोटर्सका अध्यक्ष दिनेश पाठक, लक्ष्मी हुण्डाई कम्पनीका कन्ट्री सेल्स म्यानेजर दिवाकर रेग्मी लगायतले कारमा ओडाइएको घुम्टो खोलेर यसको बिक्री शुभारम्भ गरेका हुन् ।

बिर्तामोडमा आयोजित लन्च सेरेमोनी कार्यक्रममा बोल्दै कार्यक्रमका विशिष्ट अतिथि हुन्डाई लक्ष्मी इन्टरकन्टिनेन्टलका नेसनल सेल्स प्रमुख दिवाकर रेग्मीले नयाँ भेन्यूमा ग्राहकको आवश्यकता र रुचिलाई ध्यानमा राखेर आधुनिक प्रविधि, आरामदायी फिचर र उत्कृष्ट कार्यक्षमताको संयोजन गरिएको बताउनुभयो।

अपार इन्भेष्टमेन्टको सिस्टर अर्गनाइजेशन एलाइन्स मोटर्स २०२० अक्टोबर १ मा सञ्चालनमा ल्याइएदेखि आजसम्म ५१० वटा विभिन्न मोडलका हुण्डाई कार बिक्री भइसकेको म्यानेजि डाइरेक्टर याम बिमलीले उक्त अवसरमा जानकारी दिए ।
आज लञ्च गरिएको नयाँ मोडलको कार पनि भद्रपुरका निताई सिंह राजवंशीको परिवारलाई बिक्री गरिएकाले आजसम्म ५११ वटा कार बिक्री गरेको बिमलीले सुनाए ।

कारको घुम्टो खोल्ने कार्यक्रममा प्रमुख अतिथिको रुपमा मन्तब्य राख्दै बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतरा प्रसाईंले भेन्यु नै रोज्ने ग्राहकले अब काठमाडौ पुगिराख्नु पर्ने झण्झट अन्त्य भएको बताइन् ।
बिर्तामोड नगर पहाडको काखमा रहेको र भारत, बंगालादेशको पहुँचस्थल भएकाले यसको विकासमा यस्ता व्यवसायिक प्रतिष्ठानहरुले नयाँ नयाँ काम गरिरहनु पर्ने उनको भनाई छ ।
यो नगर शिक्षा, स्वास्थ्य, उद्यमशीलता तथा व्यवसायिक हब भएकाले सबैको तीब्र विकासका लागि सरोकारवाला सबैको उत्तिकै योगदान रहनु पर्ने उनले बताइन् ।

हुन्डाईको चर्चित कम्प्याक्ट एसयूभी औपचारिक रूपमा लञ्च गर्ने कार्यक्रममा लक्ष्मी हुण्डाई कम्पनीका कन्ट्री सेल्स म्यानेजर दिवाकर रेग्मीले मोटरको बारेमा प्रकाश पारेका थिए ।
यसको फराकिलो र बलियो डिजाइनलाई Twin Horn LED DRLS, Horizon LED Rear Combination Lamps, Dark Chrome Grille र Signature C-Pillar Garnish ले अझ आकर्षक बनाएको छ। गाडीको क्याबिनमा 10.25-inch ccNC Infotainment System, Wireless Apple CarPlay र Android Auto, Digital Cluster तथा Powered Tilt-and-Slide Sunroof जस्ता अत्याधुनिक फिचरहरु समावेश रहेको उनले बताए ।

एलाइन्स मोटर्सका म्यानेजि डाइरेक्टर याम बिमलीले सहजीकरण गरेको घुम्टो खोली कार्यक्रममा अध्यक्ष ओमकृष्ण बिमलीले बैंकमा हुने ब्याजको उतार चढावले ग्राहकलाई हतोत्साही बनाइरहेकाले भेहिकल लोनको ब्याज घटबढ नहुने बनाउन बैंकर्सलाई सुझाए ।
बिर्तामोड नगरपालिकाको परिसरमा सम्पन्न कार्यक्रममा अपार ग्रुप अफ कम्पनीका अध्यक्ष ओमकृष्ण बिमलीको अध्यक्षता रहेको थियो।
कार्यक्रममा अध्यक्ष बिमली, बिर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्र महतरा प्रसाईं तथा हुन्डाई लक्ष्मी इन्टरकन्टिनेन्टलका नेसनल सेल्स प्रमुख दिवाकर रेग्मीले संयुक्त रूपमा ‘द अल न्यू हुन्डाई भेन्यू’को लन्च गरेका थिए ।

नेपाली बजारमा द अल न्यू हुन्डाई भेन्यू ४८ लाख ९६ हजार रुपैयाँदेखि उपलब्ध हुने अपार ग्रुपका प्रबन्धक तथा हुन्डाई सोरुम बिर्तामोड शाखाका प्रबन्ध निर्देशक यम बिमलीले जानकारी दिए । उनका अनुसार नयाँ भेन्यू तीनवटा भेरियन्टमा उपलब्ध रहेको छ।
लन्च सेरेमोनी कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष ओमकृष्ण बिमलीले देशको अर्थतन्त्रलाई चलायमान बनाउँदै मुलुकलाई समृद्ध बनाउन तथा युवाहरूको लगानी स्वदेशमै परिचालन गर्न यस्ता उद्योग तथा व्यवसायको महत्वपूर्ण भूमिका रहने बताए ।
उनले नेपाली जनमानसमा प्रविधिसँगै आधुनिक फिचर भएका नयाँ–नयाँ वस्तुप्रतिको रुचि बढ्दै गएको बताउँदै एलायन्स मोटरले ग्राहकको चाहना र आवश्यकतालाई मध्यनजर गर्दै आरामदायी फिचर, अत्याधुनिक प्रविधि र उत्कृष्ट पर्फमेन्स भएको नयाँ गाडी बजारमा ल्याएको बताए ।

‘द अल न्यू हुन्डाई भेन्यू’ नेपाली बजारका लागि नयाँ पुस्ताको कम्प्याक्ट एसयूभीका रूपमा प्रस्तुत गरिएको छ।
आकर्षक र बोल्ड बाहिरी डिजाइनसँगै आधुनिक प्रविधि तथा आरामदायी आन्तरिक फिचरलाई प्राथमिकता दिइएको कम्पनीले जनाएको छ।
कार्यक्रमका क्रममा नयाँ भेन्यू ग्राहक निताई सिंह राजवंशीलाई कार्यक्रमका प्रमुख अतिथि पवित्र महतरा प्रसाईं र कार्यक्रमका अध्यक्ष ओमकृष्ण बिमलीले संयुक्त रूपमा गाडीको चाबी हस्तान्तरण गरेका थिए ।
लन्च कार्यक्रममा ग्राहक मनोज दुङ्गेल हल्दिबारी, साझा मञ्चका सम्पादक गोपाल काफ्ले, नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरी, उपाध्यक्ष सुव्रत न्यौपाने, सचिव प्रदीप परियार, रेडियो भिजनका सञ्चालक तथा नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष गणेश पोखरेल, व्यवसायी प्रेम थापा, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, एभी न्यूज टेलिभिजनका झापा ब्युरो प्रमुख तथा साझा अनलाइनका सम्पादक सन्तोष न्यौपाने मोपसल अन्लाइनका सम्पादक,भरत प्रसाईं, सरोकार खबरका सञ्चालक कवि गुरागाईं, सूर्योदय टीभीका डेस्क सम्पादक प्रकाश बानियाँ,
पूर्वेली खबरका सम्पादक गणेश कोइराला, हल्दिबारी डटकमका सम्पादक नेत्र बिमली, हुन्डाईका डिलर सर्भिस म्यानेजर सञ्जोग कामस्त, उद्योग व्यवसायी पार्वता बिमली, लक्ष्मी इन्टरकन्टिनेन्टलका मार्केटिङ म्यानेजर सजेस बज्राचार्य, व्यवसायी अभिषेक आचार्य, व्यवसायी सुरेश पाठक आमसञ्चार डटकमका सञ्चालक तथा समाचार प्रमुख विनोद पाण्डे, झापा टुडेका सम्पादक हिमाल खरेल, नयाँ पेपर डटकमका संवाददाता बिजी तिवारी लगायत पत्रकार, व्यवसायी तथा ग्राहकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

नयाँ भेन्यूको सार्वजनिकसँगै बिर्तामोडमा हुन्डाईका ग्राहक तथा सवारी प्रेमीका लागि नयाँ विकल्प थपिएको आयोजकले जनाएको छ।














