ताप्लेजुङ ।
ताप्लेजुङको दोस्रो ठूलो बजारका रूपमा परिचित दोभानमा आगलागी भएको छ । स्थानीय डण्डु शेर्पाको घरबाट सुरु भएको आगलागीले बजार क्षेत्रका केही घर जलेका छन् ।
आज दिउँसो अचानक आगलागी भएको हो । आगलागीको कारण खुलेको छैन । विद्युत सर्ट भएको हुन सक्ने अनुमान भएको प्रहरीले जनाएको छ । आगलागी नियन्त्रणका लागि प्रहरीको टोली परिचालन गरिएको छ भने स्थानीयवासीले समेत नियन्त्रणको प्रयासमा सहयोग गरिरहेका छन् ।
अन्य घरमा आगो फैलिन नदिन प्रयास भइरहेको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक कमल बजगाईँले जानकारी दिनुभयो । घटनास्थलमा दमकलसमेत पठाइएको उहाँले बताउनुभयो ।
आगलागीले कति घर जलेको भन्ने विवरण आएको छैन । आगो लागिरहेको स्थानीयले बताए ।














