बिर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको आज सम्पन्न निर्वाचनको मत गणना केहीबेरमा सुरु हुने भएको छ । निर्वाचन समितिका संयोजक खगेन्द्र खरेलले लगभग ८ बजेबाट गणना सुरु हुने जानकारी दिए ।

शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको सहारामा आइतवार विहानसम्ममा गणना सम्पन्न गर्ने खरेलको भनाई छ ।

बिर्तामोड, चारपाने, सुरुङा, धुलावारीमा भएको निर्वाचनको गणना स्थानीयस्तरमै हुने छ भने केन्द्रीय कार्यालय आसपासका केन्द्रहरुको गणना केन्द्रीय कार्यालयमा हुने जनाइएको छ ।

यस्तै, अन्य जिल्लाको हकमा तत्तत् ठाउँमा गणना हुने बताइएको छ । ६ जिल्लामा १४७ मतदान केन्द्र मार्फत भएको निर्वाचनबाट सञ्चालक समिति र लेखासुरपरिवेक्षण समिति चयन गरिने छ । सहारामा १ लाख ९८ हजार सदस्य रहेका छन् ।

सञ्चालक समितिको अध्यक्षमा छविलाल खतिवडा, भरतकुमार गिरी र उपेन्द्रप्रसाद ओली उम्मेदवार बनेका छन् ।