बिर्तामोड । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत झापा निर्वाचन क्षेत्र नं. २ मा युवा महिलाको तर्फबाट उम्मेदवार बनेकी रूबी सिटौला महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भएकी छिन् ।

२२ वर्षीया उनी सम्भवतः झापाकी कान्छी महाधिवेशन प्रतिनिधि बन्ने छिन् ।

निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारहरूको पहिलो सूचीमा युवा महिलातर्फ सिटौलाको मात्रै उम्मेदवारी परेको हो ।

यसैगरी, दलित समावेशीतर्फ विरबहादुर दर्नाल (विरु)को पनि एकल उम्मेदवारी परेको छ । यस्तै, थारु मुस्लिम क्लस्टरमा लवकुमार चौधरीको पनि एकल उम्मेदवारी परेको उम्मेदवारको सूचीमा उल्लेख छ ।

उनीहरुको उम्मेदवारीमा कुनै दावी विरोध परेन भने तीनैजना निर्विरोध निर्वाचित हुने निर्वाचन समितिले जनाएको छ ।

उक्त सूचीअनुसार खुला पुरुषतर्फ १८ जनाको उम्मेदवारी परेको छ भने खुला महिलातर्फ ११ जनाको उम्मेदवारी परेको छ ।

युवा महिलामा निर्विरोध भएकी सिटौला दन्तचिकित्सा शास्त्र अध्ययनरत हुन् ।

स्वास्थ्य क्षेत्रको अध्ययनसँगै सामाजिक तथा नीतिगत विषयमा सक्रिय रहँदै आएकी उनले राजनीतिमा योग्यता, क्षमता, योगदान र नयाँ पुस्ताको सहभागितालाई प्राथमिकता दिनुपर्ने धारणा राख्दै आएकी छन् ।

उनी हाल विश्वभरिका सांसदहरूलाई नेपाली सांसदहरूसँग एउटै मञ्चमा जोड्ने तथा विभिन्न सामाजिक, नीतिगत र सार्वजनिक सरोकारका विषयमा छलफल तथा अन्तरक्रिया गराउन सहजीकरण गर्ने कार्यमा समेत सक्रिय रहेको बताइन्छ ।

महाधिवेशन प्रतिनिधि बन्नका लागि उम्मेदवारी दिनुहुनेहरुको नामावलि

क्लस्टरः महिला (पद संख्या ४) उम्मेद्वारको नाम
१. उमा शिवाकोटी
२. उर्मिलाकुमारी ढकाल पोख्रेल
३. चन्द्रकला भण्डारी
४. टिकादेवी मैनाली
५. प्रभा नेपाल
६. प्रेमकुमारी सिटौला
७. मञ्जु ओली
८. मिरा कार्की खड्का
९. मेनुका ओली (मिनु)
१०. लीलादेवी कटुवाल
११. सितादेवी पौडेल

क्लस्टर खुला (पद संख्याः १०) उम्मेद्वारको नाम
१. आनन्द बस्नेत
२. आश्विन काफ्ले
३. उद्धव थापा
४. खगेन्द्र मैनाली
५. चन्द्रप्रसाद चुडाल
६. छत्रबहादुर गिरी
७. जयकुमार दाहाल
८. जलकुमार गुरुङ
९. ढुण्डीराज ढकाल (शेखर)
१०. दिपक तामाङ
११. दिपेन्द्रप्रसाद ढकाल
१२. भोजराज सिटौला
१३. मनोज प्रसाई
१४. मेदनी सिटौला
१५. मोहन सुब्बा (लिम्बू)
१६. युवराज दाहाल
१७. बालकृष्ण निरौला
१८. वीरमणि ढकाल
१९. सुदर्शन बुढाथोकी क्षेत्री

क्लस्टर श्रमिक (पद संख्याः १) उम्मेद्वारको नाम
१. कौशल भण्डारी
२. गंगाराम ओडारी
३. यज्ञप्रताप अधिकारी
४. राजु राजवंशी (सन्तोष)

क्लस्टर पेशागत विषय विज्ञ (पद संख्या १) उम्मेद्वारको नाम
१. लेखनाथ भट्टराई
२. वासुदेव रिजाल अधिवक्ता
३. विज्ञान प्रसाईं

क्लस्टर युवा खुला (पद संख्याः २) उम्मेद्वारको नाम
१. आभास चापागाई
२. किशोर ढुंगाना
३. मिलन चापागाई
४. योगेन्द्र थापा
५. लक्ष्मी मैनाली
६. सञ्जय राई

क्लस्टर अपांग (पद संख्या १) उम्मेद्वारको नाम
१. उत्सव ढकाल
२. भीमबहादुर चेम्जोङ

क्लस्टरः अल्पसंख्यक (पद संख्या १) उम्मेद्वारको नाम
१. जितेन्द्र अग्रवाल
२. वासुदेव माझी
३. याम भुजेल
४. सुरेशकुमार अग्रवाल

क्लस्टर दलित .(पद संख्या १) उम्मेद्वारको नाम
१. नगेन शंकर
२. विनकुमार विश्वकर्मा
३. मनमाया विश्वकर्मा (महिला)
४. रनमाया रसाइली (महिला)

क्लस्टर प्रजातन्त्र सेनानी शहिद परिवार द्वन्द्व पीडित (पद संख्या १) उम्मेद्वारको नाम
१. चक्रप्रसाद सिटौला
२. समशेर गिरी (केदार)

क्लस्टर आदिवासी जनजाति (१ महिलासहित पद संख्याः ३) उम्मेद्वारको नाम
१. निर्मला गुरुङ (महिला)
२. राधादेवी साड्यो हाङसोङ (सुब्बा) (महिला)
३. लक्ष्मी श्रेष्ठ (महिला)
४. किरण श्रेष्ठ
५. गोपाल चौधरी
६. धर्मराज लक्सम्बा
७. नरेन्द्रकुमार श्रेष्ठ सिद्धार्थ

क्लस्टर खस आर्य (दुई महिला सहित) पद संख्याः ५ उम्मेद्वारको नाम
१. अञ्जु पाण्डे खड्का (महिला)
२. अधिवक्ता रन्जिता कार्की (महिला)
३. लीलादेवी मैनाली सिटौला (महिला)
४. अनोज खड्का
५. गीताराज खड्का (हरि)
६. चिरञ्जिवी कार्की
७. जीवनकुमार पोखेल
८. ठाकुर उप्रेती (सन्तोष)
९. दुर्गाप्रसाद चिमरिया
१०. पदमप्रसाद पोख्रेल
११. प्रतिमान खड्का
१२. भोलानाथ बराल
१३. युवराज प्रसाई
१४. लीलाबहादुर कटुवाल
१५. संजिव घिमिरे

क्लस्टर मधेसी (पद संख्या १) उम्मेद्वारको नाम
१. इन्द्रजीत चौधरी
२. घनश्याम चौधरी
३. अजयकुमार देव