झापा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि. झापाको सञ्चालक समिति अध्यक्षमा छविलाल खतिवडा निर्वाचित भएका छन् ।
आज बिहान सम्पन्न मतगणनाको परिणाम अनुसार अध्यक्षमा खतिवडा निर्वाचित भएका हुन् । खतिवडासँग भरतकुमार गिरी र उपेन्द्रप्रसाद ओलीले प्रतिस्पर्धा गरेका थिए ।
सहारा नेपालको निर्वाचनमा ३ वटा प्यानल प्रतिष्पर्धामा रहेका थिए । त्यसमध्ये छविलाल खतिवडाको प्यानलै निर्वाचित भएको हो ।
अध्यक्षमा खतिवडा २१ हजार ९८४ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी उपेन्द्रप्रसाद ओलीले ७ हजार ३९७ मत र भरतकुमार गिरीले ४ हजार २६३ मत प्राप्त गरेका छन् ।
त्यस्तै, संस्थाको वरिष्ठ उपाध्यक्षमा नेत्रबहादुर नेपाल १८ हजार ९३९ मत प्राप्त गरी निर्वाचित भएका छन् । उक्त पदमा प्रतिस्पर्धा गरेका टेकनाथ खनाल (टंक)ले ४ हजार ७९९ मत, हेमराज गिरीले ४ हजार ९५ मत र ज्ञानुनाथ मैनालीले ५ हजार ६२७ मत प्राप्त गरेका छन् ।
महिला उपाध्यक्षमा पार्वती भारती गिरी २० हजार ८१ मत प्राप्त गर्दै विजयी भएकी छिन् । अन्य उम्मेदवारहरू खिनमाया बस्नेतले ५ हजार ५१० मत, गुहेश्वरी बुढाथोकीले ३ हजार ५८६ मत र सुश्री हरिमाया सिग्देलले ३ हजार ८७१ मत प्राप्त गरेका छन् ।
कोषाध्यक्ष पदमा लक्ष्मीप्रसाद आचार्य १९ हजार ५६३ मत ल्याएर निर्वाचित भएका छन् । सो पदका अन्य उम्मेदवारहरू भिमबहादुर गिरीले ७ हजार ४३ मत र भोला धितालले ६ हजार २४२ मत प्राप्त गरेका छन् ।
त्यसैगरी, खुला सदस्यतर्फ नारायणप्रसाद गिरी ११ हजार ८९६, मदनराज कटुवाल १२ हजार ८२७ र रमेश सेढाई ९ हजार ४२५ मत प्राप्त गर्दै विजयी भएका छन् ।
महिला सदस्यतर्फ राधिका चुडाल हुमागाईं) १२ हजार ४२ र शिखा खड्का १३ हजार ४५ मत प्राप्त गर्दै विजयी भए ।
लेखा सुपरिवेक्षण समिति संयोजकमा डम्बरबहादुर देउजा १९ हजार ५७० मत प्राप्त गरी निर्वाचित भए । उनका प्रतिद्वन्द्वी शंकर सुवेदीले ११ हजार ६५९ मत प्राप्त गरेका छन् ।
लेखा सुपरिवेक्षण समितिको सदस्यहरूमा बविता घिमिरे १७ हजार २२७ र सुनील कार्की १५ हजार ४८८ मत प्राप्त गर्दै विजयी भएका छन् ।
मतगणना सकिए पछि चारपानेस्थित पर्शुराम पार्टी प्यालेशमा परिणाम घोषणा र विजयीलाई प्रमाणपत्र वितरण गरिएको छ ।














