काठमाडौँ, २६ पौष । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेसित नेपालका निम्ति चिनियाँ राजदूत छन् सोङले भेटवार्ता गरेका छन् ।

आज काठमाडौँको वनस्थलीस्थित रास्वपाको पार्टी कार्यालयमा भेटघाट भएको हो ।

रास्वपाले सम्पन्न गरेको तीनदिने ‘दबाब यात्रा’ (पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको स्तरोन्नतिमा भइरहेको विलम्ब र अहिले यात्रा क्रममा नागरिकले खेप्नुपरेको सास्तीबारे सरकारको ध्यानाकर्षण गराउने कार्यक्रम) का विषयमा सो अवसरमा छलफल गरिएको थियो ।

“निर्माणमा ढिलाइ हुनुको विविध कारणबारे छलफल भएको छ ।

 जनहितमा जारी

थप ढिलाइ नहुन चालिनुपर्ने कदम र निर्वाह गरिनुपर्ने भूमिकाबारे विस्तृत कुराकानी भयो,” रास्वपाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, “आयोजना छिटो सम्पन्न गर्न आफ्नो तर्फबाट आवश्यक पहल गर्ने राजदूत सोङले प्रतिबद्धता जनाउनुभयो ।”  भेटवार्तामा प्रतिनिधिसभा सदस्य एवं रास्वपाको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, सांसद एवं पार्टीको पूर्वाधार विकास विभाग प्रमुख निशा डाँगीलगायत नेता सहभागी थिए ।