इलाममा जारी प्रथम एनआरएनए इलाम गोल्डकप फूटबल प्रतियोगितमा बर्तामोड युनाईटेड झापा सेमीफाइनलमा प्रवेश गरेको छ ।

राष्ट्रिय जागृती क्लव इटहरीलाई तीन (शून्यले पछि पार्दै झापाले सेमिफाइनलको यात्रा तय गरेको हो ।

प्रतियोगितामा बिर्तामोड युनाईटेडका हिसुभ थपलियाले खेलको ३७ औं मिनेटमा गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाएका थिए ।

download (1) 1त्यस्तै खेलको ५१ औं मिनेटमा थपलियाले नै थप एक गोल गर्दै नतिजा दोब्बर बनाएका थिए । उनले दोस्रो हाफ पछिको ८६ औं मिनेटमा गोल गरेका थिए । 

आजको खेलको म्यानअफ दि म्याच हिसुभ थपलिया घोषित भए । उनले नगद पाँच हजार सहित नगद पाँच हजार र ट्रफी पाएका थिए ।


भोली सोमबारको खेल एनआरटी काडमाण्डौं र बागमती युवा क्लब सर्लाही बिच प्रतिस्पर्दा हुने आयोजकले जानकारी दिएको छ ।