शिवसताक्षी ।भरत प्रसाई, माता नवदुर्गा कृषि सहकारी संस्था लि. शिवसताक्षी -२ मंगलबारको १३औं वार्षिक साधारण सभा विविध कार्यक्रम गरि सम्पन्न गरेको छ।

कार्यक्रममा सो सहकारी संस्थाको अध्यक्ष मच्छिन्द्र सम्बाहाम्फेले संस्थाको बार्षिक प्रतिवेदन  प्रस्तुत गरेको थिए ।

साधारण सभामा उत्कृष्ट कारोबारी,खुत्रुके वचत कर्ता ,असल ऋणी र उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीलाई सम्मान र पुरस्कार प्रदान गरिएको थियो ।

सहकारी संस्थाको अध्यक्ष मच्छिन्द्र सम्बाहाम्फे  अध्यक्षता र शिवसताक्षी नगरपालिका सदस्य कुमार राईको प्रमुख आतिथ्यतामा माता नवदुर्गा कृषि सहकारी संस्थाको १३औं वार्षिक साधारण सभा सम्पन्न भएको हो । सहकारी संस्थामा ६ सय ८८जना शेयर सदस्यहरु छन् ।

साधारण सभामा पेश गरिएको बार्षिक प्रतिवेदनमा ३२७महिला, ३६१पुरुष सहित कूल ६८८ शेयर सदस्य कायम भएको उल्लेख छ । संस्थामा ८ करोड ५३ लाख ५२हजार ३ सय ९० रुपैयाँ ८६पैसाको वासलात रहेको जनाइएको छ ।

कार्यक्रममा साना किसान कृषि सहकारी संस्थाकी अध्यक्ष शमशेर बस्नेत ,नगदेबाली कृषि सहकारीका अध्यक्ष बलजीत राई,शुभमंगल महिला सहकारीकी अध्यक्ष मनमाया तिवारीले शुभकामना मन्तव्य राखेका थिए ।

संस्थाको उद्घाटन सत्रको कार्यक्रममा वक्ताहरुले सहकारीका माध्यमबाट स्थानीयस्तरमा कृषकहरुले अधिकतम फाइदा लिन सकेको जनाउँदै निरन्तरताका लागि शुभकामना व्यक्त गरे । यो सहकारी छोटो समयावधिमै प्रगतिको  शिखरमा  पुग्न सफल भएको वक्ताहरूले विचार राखे ।

स्वागत मन्तव्य संचालक समिति सदस्य डिल्लीराम न्यौपानेले राखेको कार्यक्रमको संचालन व्यवस्थापक यामकुमार गौतमले गरेका थिए ।