बिर्तामोड । भरत प्रसाई, विराट बहुउद्देश्यीय सहकारी संस्था लिले आफ्नो १९औ बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष मोहन शिवाकोटीको अध्यक्षता तथा राष्ट्रिय सहकारी बैंकका लेखा सुपरिवेक्षण समितिका संयोजक लक्ष्मीप्रसाद उप्रेतीको अतिथ्यतामा सम्पन्न कार्यक्रमलाई संस्थाका सचिव गणेश ओलीले स्वागत गर्नुभएको थियो ।

शिवाकोटीले बार्षिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक केशवराज पाठकले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
२०६३ सालमा स्थापना भएको सहकारीमा २०८१ सालसम्म आईपुग्दा ३ हजार ७ सय ६३ शेयर सदस्य भएका छन् ।

२०८१ साल सम्म आइपुग्दा सहकारीले ५ करोड ८२ लाख ५२ हजार ३ सय रुपैयाँ कुल पूजी पु¥याउन सफल भएको छ ।
संस्थाका उपाध्यक्ष स्व. पर्शुराम सिटौला स्मृतिमा स्थापना गरीएको स्व.पर्शुराम सिटौला स्मृति पुरुस्कारबाट मोहम्मत ताहिर हुसेनलाई ११ हजार १ सय ११ रुपैया साथै प्रमाणपत्रले सम्मान गरिएको छ ।

त्यस्तै असल बचतकर्ता गुरुभक्त न्यौपाने, असल ऋणी लक्षीमादेवी उप्रेती र उत्कृष्ट कर्मचारीको रुपमा रीता पौडेललाई जनही ७ हजार ५सय ५ रुपैयाँका दरले सम्मान गरीएको छ ।
सम्मानितको तर्फबाट संस्थाका सल्लाहकार गरुभक्त न्यौपाने, मोहम्मत ताहिर हुसेनले कृतज्ञता सहितको मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा बिर्तामोड वडा नम्वर ३ का वडाध्यक्ष मदन बुढाथोकी , बिर्तामोड नगरपालिकाका उप प्रमुख नगेन्द्रप्रसाद संग्रौला, संस्थाका प्रमुख सल्लाहकार,उमानाथ ओली,जिल्ला समन्वय समितिकी उपप्रमुख शान्ता रोक्का ,राष्ट्रिय सभाका पूर्व सदस्य हरिचरण बानियाँ लगायतले शुभकाना दिदै सहकारी अपचलनबाट जोगिन सम्पूर्ण शेयर सदस्यलाई सचेत हुन आग्रह गरेका थिए ।
बक्ताहरुले विराट बहुदेश्य सहकारी संस्थाले शेयर सदस्य हितमा रही पारदर्शीताका साथ काम गरेको भन्दै शुभकामना ब्यक्त गरेका थिए ।
बिर्तामोड ३ सैनिकमोडस्थित विराट बहुउद्देश्यीय सहकारी संस्थाले आगामी वर्ष एक करोड रुपैयाँभन्दा बढी नाफा आर्जन गर्ने लक्ष्य लिएको छ ।

यसवर्ष शुद्ध मुनाफा कम भए पनि आगामी वर्ष १ करोड ३६ हजार ३८८ रुपैयाँ नाफा कमाउने संस्थाले लक्ष्य लिएको संस्थाका अध्यक्ष मोहन शिवाकोटीले बताउनु भयो ।
उहाँले १ करोड २ लाख रुपैयाँ ब्याज मात्र उठ्न बाँकी रहेकाले त्यसको असुलीमा कडाई गरी आगामी वर्ष १ करोडभन्दा बढी नाफा पुर्याउने लक्ष्य रहेको बताउनु भयो ।
त्यस्तै उहाँले २ हजार ५० महिला, १ हजार ६११ पुरुष र १२ संघ–संस्था गरी कूल ३ हजार ७६३ सेयर सदस्य रहेकोमा आगामी वर्ष त्यसलाई बढाएर ४ हजार १४० पुर्याउने लक्ष्य रहेको जानकारी दिनु भयो ।
साधारण सभामा यसवर्ष पनि शेयर सदस्यका छोराछोरी मध्येबाट कक्षा १२ मा उत्कष्ट अंक ल्याउने दुई छात्रा र दुई छात्रलाई पुरस्कृत गरिएको छ ।
संस्थाका उपाध्यक्ष स्व.पर्शुराम सिटौलाको व्यक्तित्व भिमा शिवाकोटीले चर्चा गर्दै संस्थाप्रति उहाँले गरेको याेगदानको स्मरण गर्नुभयो ।
कार्यक्रमको सञ्चालन संस्थाका प्रबन्धक रुद्रप्रसाद सिटौलाले गर्नुभएको थियो ।














