गैरआवासीय नेपाली संघ एनआरएनएले आइतबार र सोमबार काठमाडौंमा एनआरएनए ग्लोबल कन्क्लेभ आयोजना गर्ने भएको छ।
रूपान्तरण र एकताः श्रममा, लगानी, र नागरिकताको निरन्तरता भन्ने मुल नाराका साथ ग्लोबल कन्क्लेभ-२०२४ आयोजना गर्न लागिएको एनआरएनएले बताएको छ।
यही अवसरमा वार्षिक साधारण सभासमेत हुनेछ। कार्यक्रममा ७ वटा प्लेनरी सत्र रहनेछन्। कार्यक्रममा स्वदेश तथा विदेशका ५ सय भन्दा बढी व्यक्तिको सहभागिता रहने अपेक्षा लिइएको छ।
कार्यक्रमको पहिलो दिन नेपालमा आर्थिक रूपान्तरका लागि पूर्वाधार निर्माण, गैरआवासीय नेपाली नागरिकता, मताधिकार र गोर्खा नेपाली मूलका विदेशी नागरिक, जलवायु परिवर्तनले महिला तथा बालबालिकामा पार्ने प्रभाव, समृद्ध नेपालका लागि विज्ञान, ज्ञान र प्रविधि हस्तान्तरण सम्बन्धी विषयमा छलफल हुनेछ।