चारआली । भरत भाबुक प्रसाई ,श्री अरिदमन गण ब्यारेक चारआलीमा सञ्चालित सैन्य आधार तालिमबाट  १ सय जना सैन्य जवान अन्तिम दलेल कवाज भई पास आउट भएका छन् । 

IMG_4780आज  एक कार्यक्रमका बिच जवानहरुलाई सम्मान गरिएको हो ।

चारआली ब्योरकमा भएको अन्तिम दलेल कवाजमा  सैन्य जवानहरुले उत्कृष्ट कवाज प्रदर्शन गरेका थिए । 

कार्यक्रमका प्रमुख अतिथी श्री. नं. २१ नम्वरका बाहिनी अडड्का सहायक  बाहिनीपति महासेनानी  श्री प्रज्वल रायमाझीले सैन्य आधार तालिममा  प्रथम हुने राजकुमार मोक्तान, लगायत अन्तिम दलेलका कवाज जवानलाई विभिन्न शिर्षकमा सम्मान  गर्नु भएको थियो ।

e1f24364-7f9e-47c5-9b5f-3a7cbc2db1d8उहाँले सफल्ता पूर्वक तालिम सम्पन्न गरको सम्पूर्ण जवानहरुलाई शुभकामना व्यक्त गर्दै सेनाको गौरवशाली इतिहास जस्तो परिस्थतिमा पनि जोगाई राख्न निर्देशन दिनु भयो । 

उहाँले जनता र देशले गरेको विश्वासलाई मध्यनजर गर्दै माटोका लागि समर्पित हुन सबै नव आयुक्त सिपाहीहरुलाई आदेश दिनुभयो ।  

1234नयाँ सदस्यहरु पास आउट भए संगै नेपाली सेनाको  दरबन्दी पुरा गर्न विभिन्न युनिटमा नियुक्ती गरिने श्री अरिदमन गणका गणपति प्रमुख सेनानी प्राजु बस्नेतले बताउनु भयो ।

IMG_4777

गएको ९ महिनाबाट परिवारबाट टाढा रही तालिममा होमिएका सैन्य जवान तालिम पास आउट पछि पहिलोपटक आफ्नो परिवारलाई भेट गर्न पाँउदा निकै भाबुक बनेका थिए ।

4f3f1912-eb22-4a4b-8312-dba55580d679

कार्यक्रमका अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेव गाम्देन, भद्रपुर नगरपालिकाका नगर प्रमुख  गणेश पोखरेल, पत्रकार महासंध झापा शाखाका अध्यक्ष एकराज गिरी, पत्रकारहरु भरत प्रसाई, हिमाल खेरेल,सन्तोश आर्चाय , इन्द्रसिंह राजवंशी, बिष्णु श्रेष्ठका साथै  सेना र प्रहरी प्रशासनका उच्च पदस्थ व्यतित्वहरुको बाक्लो उपस्थिती रहको थियो ।