सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–२ मियाँखोरस्थित पोखरीमा दुई यात्रुसहितको कार डुबेपछि त्यसको खोजीको लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन गरिएको छ ।

उद्धार र खोजी कार्यका लागि  सुरक्षा बेस सागरनाथबाट  र ईप्रका केशरगंजबाट समेत सुरक्षा फौज खटिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शौलेन्द्र थापाले जानकारी दिए । 

सर्लाहीको बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु२च ६७५८ नम्बरको कार अनियन्त्रित भई आज बिहान सर्लाहीकै ईश्वरपुर नगरपालिका–२ मियाँखोरस्थित पोखरीमा डुबेको थियो ।