कनकाई, २९ कात्तिक , झापा कनकाई नगरपालिका–७ दुर्गापुरकी स्तन क्यान्सर पीडित विन्दा उप्रेती ओलीलाई मेची महाकाली बुहारी संयुक्त आवाज कनकाईले सहयोग गरेको छ ।

विगत छ महिनादेखि स्तन क्यान्सर रोगबाट पीडित उनको उपचारका लागि मेची महाकाली बुहारीले ११ हजार रुपैयाँ सहयोग गरेको हो ।

79a076ec-044b-4111-8be7-984c0ea2356f

संस्थाकी अध्यक्ष कल्पना भट्टराई उप्रेतीको नेतृत्वका टोलीले उक्त रकम बिरामीका दाजु रमेशकुमार बाराकोटीलाई हस्तान्तरण गरेको छ ।

कनकाईको सुरुंगामा आयोजित एक संक्षिप्त कार्यक्रममा संस्थाकी केन्द्रीय अध्यक्ष चन्द्रकला काफ्ले कनकाई उपाध्यक्ष लीलादेवी प्याकुरेल, सचिव निर्मला बस्नेत, सहसचिव पूजा भेटवाल, कोषाध्यक्ष सरिता गुरागाईं, सदस्य बिन्दा बाँस्कोटा, धनमाया न्यौपाने, लीला खड्का, लगायतको उपस्थिति रहेको थियो ।

क्यान्सर रोगबाट पीडित विन्दाका लागि उपचारमा थोरै भए पनि सहयोग होस् भन्ने उद्देश्यले सहयोग गरिएको संस्थाका अध्यक्ष कल्पनाले बताउनुभयो । आर्थिक अवस्था कमजोर भएकाले सबैले सहयोग गर्नुपर्नेमा संस्थाकी सचिव निर्मलाले जोड दिनुभयो ।

996a9690-da00-4a5a-a7b5-bca5473fbd55विन्दाको उपचार नेपाल क्यान्सर अस्पताल काठमाडौंमा भइरहेको छ । विगत छ महिनादेखि त्यहाँ उपचाररत उनलाई हालसम्म छ वटा किमो चढाइएको छ भने थप १० वटा किमो चढाउनुपर्ने बिन्दा दाजु रमेशले बताउनुभयो ।

किमोसँगै शल्यक्रिया समेत गर्नुपर्ने भएकाले आर्थिक अभाव भएको उहाँले बताउनुभयो ।


क्यान्सर रोगसँग लडिरहेकी विन्दाले अस्पतालको निगरानीमा आफ्नो उपचार भइरहेको बताउनुभयो ।

cb11a227-2309-41ff-8414-956024118542

उपचार पद्धति महँगो हुनुका साथै आर्थिक अभाव भएकाले सबैसँग सहयोगको अपिल गर्नुभएको छ । बिन्दालाई सहयोग गर्न चाहने महानुभावले उहाँको नाममा रहेको नबिल बैंकको खाता नं. १४९१००१७५०२२११ मा जम्मा गर्न सकिने छ भने मोबाइल नं. ९८६२०३०२७९ मा सोझै सम्पर्क गर्न सकिने छ ।