बाह्रदशी । भरत भाबुक प्रसाई, झापाको बाह्रदशी ६ स्थित कञ्चनगढधाममा श्रीमतदेवीभागवत महापुराण धनधान्याचल विराट ज्ञान महायज्ञ आयोजना हुने भएको छ ।
१०८ शिव लिङसहितको दिव्य कलात्मक शिवालय मन्दिर निर्माण सयोर्गाथ तथा गुरुकुलको व्यवस्थापनार्थ महापुराणको आयोजना गरिएको आज सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
गौरीशङकर शिवालय गायत्रीस्वरुपाश्रम संरक्षण समितिको आयोजनमा सम्पन्न गरीने महापुराणमा सुप्रसिद्व कथाबाचक ईश्वरकृष्णले कथा श्रवण गराउनुहुने बताइएको छ ।
मंसिरको ८ गते देखि १६ गते सम्म आयोजना हुने महायज्ञको सम्पूर्ण कार्यक्रम दिप टेलिभिजनबाट प्रशारण गरीने महायज्ञका संयोजक वेदमणी दाहालले बताउनु भयो ।
उहाँले यो संस्थाको ३४आंै कार्यक्रम रहको बताउनुभयो । महाभारतकालिन इतिहास बोकेको कञ्चनगढधाम पुरातात्विकरुपले पनि ऐतिहासिक रहेको पाइन्छ ।
जनश्रुति अनुसार महाभारतको विराट एवं पर्वको सेरोफेरो अध्यन गर्दा यो स्थान ऐतिहासिक रहेको पुष्टि हुन्छ ।
विराट ज्ञान महायज्ञ आयोजनाको प्रारम्भमा आयोजित पत्रकार सम्मेलनमा प्रदेशसभा सदस्य छवि चुडालले धार्मिक महिमा बोकेको साधुकुटीलाई धार्मिक पर्यटन स्थल बनाउन सबै लाग्नुपर्ने बताउनुभयो ।

उहाँले कलात्मक शिवालयको निर्माण पछी यस स्थानको महिमा अझ बढेर जाने बताउनु भयो ।
महापुराणको औचित्यमाथी प्रकाश पार्दै गौरीशङकर शिवालय गायत्रीस्वरुपाश्रम संरक्षण समितिका अध्यक्ष ज्ञानु सुवेदीले धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न सबैले आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताउनुभयो ।
उहाँले बाला चर्तुदशीका दिन सदवीज छर्न आउने भक्तजनका लागि विशेष स्वागतको तयारी गरिएको बताउनु भयो ।
अध्यक्ष सुवेदीले गएको असोज २३ गतेदेखि निर्माणाधिन शिवालय मन्दिर निर्माणार्थ हाल सम्म १०० जना संकल्पकर्ताबाट जनही १ लाख ११ हजार १ सय ११ रुपैया गरी कुल २९ लाख ३३ हजार ५ सय ४६ रुपैया संकलन भइसकेको बताउनु भयो ।
परापुर्वकाल देखि लाग्दै आएको कञ्चन जलढाला धार्मिक मेला महायज्ञको अर्को आर्कषण रहने पुराण आयोजक समितिका सचिव भवानी शंकर पौडेलले बताउनु भयो । १०८ शिव लिङग सहितको शिवालय निर्माण गर्न अनुमानित ५ करोड खर्च हुने जनाइएको छ ।
पत्रकार सम्मेलनमा युवा समाजसेवी अनिल सापकोटा,तुलसीराम तिम्सिना लगायत स्थानिय बासीहरुको बाक्लो उपस्थिती रहेको थियो ।














