बिर्तामोड ७ स्थित  कञ्चन स्कुलले बिद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गरि एक दिने निशुल्क आँखा शिविर सम्पन्न गरेको छ । 

मेचि आँखा अस्पतालको प्राविधिक सहयोग रहेको विद्यालय आँखा जाँच  स्वास्थ्य शिविरमा ५२० जना स्कुलमा अध्यनरत  बिद्यार्थीहरुले आँखा परिक्षण गराएका थिए ।

जसमध्ये  २४ जनालाई चश्मा वितरण गरिएको थियो । परिक्षणबाट  २३ जना नानीलाई आँखाको अवस्था गम्भीर रहेकाले अस्पतालमा नै रिफर गरिएको  बिद्यालयका संस्थापक तथा शिक्षक डिल्लीराम चम्लागाँईले बताउनु भयो ।

849a4515-5020-4275-8912-b83029214ff1कार्यक्रममा बिधालयका शिक्षक शिक्षिका  लगायत अभिभावकहरूको उपस्थिति रहेको थियो ।

आँखा शिविरका माध्यमबाट विद्यार्थीहरुको आँखाको अवस्था थाहाँ पाउन मद्वत पुगेको शिक्षक चम्लागाँईले  बताउनु भयो ।   शिविरमा मेची आँखा अस्पतालको प्राविधिक सहयोग रहेको थियाे ।