विर्तामोड। भरत भाबुक प्रसाई,  उपभोक्ताको विश्वास जित्न सफल टाँस्ने र जोडने काममा प्रयोग हुने भारतमा उत्पादित साटो ब्रान्डले कोशी प्रदेशमा आजबाट व्यवसायीक कारोवार शुरु  गरेको छ ।  कोशी प्रदेशको लागि आधिकारीक विक्रेता मारुती आइरन एण्ड टिम्बर प्रा.ली.विर्तामोडले पाएको  हाे । 

WhatsApp-Image-2024-11-19-at-7.38.00-PM-1-1536x1156 (1)ट्राईनोक्स कम्पनीका संचालक सुजित माधोगरिया र प्रेशिडेन्ट सेल्स् एण्ड मार्ककेटिङ्ग विवेक शर्माले मारुती आइरन एण्ड टिम्बर प्रा.ली. कम्पनीलाई सामान हस्तान्त्रण गरेर व्यवसायीक कारोवार शुरु  गर्नुभएको थियो ।

SATO ब्राण्डले विश्वभरका ग्राहकहरूको मन जित्दै छोटो समयमै लोकप्रिय भएको छ। 

भारत, चीन, हङकङ, कतार, दुवई र हाल नेपालसम्म आफ्नो बजार विस्तार गरेको साटोले घरघरमा प्रचलित नाम कमाएको छ। टाँस्ने र जोड्ने उत्पादनको पर्याय बनेको साटो ब्रान्ड बजारमा विश्वसनीयता र स्थायीत्वको प्रतिमूर्ति बन्न सफल भएको छ।

 जनहितमा जारी

WhatsApp-Image-2024-11-19-at-7.38.00-PM-1536x1156साटोले उद्योगका नयाँ प्रवृत्तिहरू र ग्राहकहरूको आवश्यकता सम्बोधन गर्ने उदेश्यले आफ्ना उत्पादनलाई गुणस्तरीय बनाउदै लगेको शर्माको भनाई छ।

ट्राईनोक्स कम्पनीले यस अघि घटस्थापनाको अवसर पारेर काठमाडौं तथा विरगंजमा व्यवसायीक कारोवार शुरु गरेको थियो। नेपालमा यसको आधिकारीक विक्रेताको जिम्मेबारी भने काठमाडौंमा रहेको ट्राईनोक्स कम्पनीले पाएको छ।

ISO प्रमाणपत्र समेत पाइसकेको साटोले युरोपियन स्टान्डर्ड २०२१ जस्ता प्रमाण पत्रहरू समेत प्राप्त गरेको कम्पनीका संचालक सुजित माधोगरियाले बताए ।