बिर्तामोड, ७ मंसिर : बिर्तामोड नगरपालिकाले आयोजना गरेको कुकुर बन्ध्याकरण शिविरमा एक सय ७४ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरीएको छ ।


बिहीबार र शुक्रबार गरी  दुई दिन आयोजित शिविरमा नगरका सबै वडाबाट कुकुर संकलन गरीएको थियो । नगरपालिकाले २०७५ सालदेखि हरेक वर्ष नीति तथा कार्यक्रम अनुसारनै सामुदायिक कुकुरको बन्ध्याकरण शिविरको आयोजना गर्दै आएको छ ।


कार्यक्रममा बोल्दै कार्यपालिका सदस्य तथा आर्थिक विकास समिति संयोजक संगिता शिवाले जनधनको हुनसक्ने क्षतिबाट बच्नको लागि पनि सामुदायिक कुकुर बन्ध्याकरण शिविर उपयुक्त रहेको बताउनु भयो ।

सामुदायिक कुकुरकाकारण सडक दुर्घटनासमेत बढेको भन्दै उहाँले शिविरले यसको संख्या नियन्त्रणसंगै जोखिम पनि कम हुने बताउनु भयो । 

76933348-63d4-4458-81d2-7caae6a4b2c7

यस्तै नगरका वरिष्ठ योजना अधिकृत जय तिम्सिनाले सामुदायिक कुकुरको संख्या घटाउनको लागि बन्ध्याकरण शिविर प्रभावकारी देखिएको बताउनु भयो ।

उहाँले छिमेकी पालिकाहरुले पनि यस प्रकारको शिविरको आयोजना गर्नु पर्ने बताउनु भयो ।