बिर्तामोड –७ मा रहेको श्री लक्ष्मी आधारभुत विद्यालयलमा विद्यार्थीकाे चौतर्फी बिकास गर्ने  उदेश्यले स्व.निता भेटवाल स्मृति छात्रवृति अक्षयकोष स्थापना गरिएको छ  ।

 बिर्तामोड १ निवासी  हाल अमेरिकामा बसोबास गर्दै आउनु भएका  दाता बिष्णुप्रसाद  भेटवाल र  बिष्णुमाया भेटवालकी स्व.छोरी निता भेटवालको सम्झनामा   नगद रु १० लाखको अक्षयकोषको स्थापना गरिएको हो । 

IMG_6004

कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका बिर्तामोड वडा नम्वर  ७ का  वडाध्यक्ष कृष्ण अविरल खरेलकाे

उपस्थिीतिमा  दाता  भेटवालद्वयले  चेक  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष  मेदिनीप्रसाद    न्यौपानेलाई  हस्तान्तरण  गर्नुभएको थियो ।

  चेक हस्तान्तरण पछि सक्षिप्त  प्रतिक्रिया दिदै  बिष्णुप्रसाद  भेटवालले वडा नम्वर ७ काे माटोसंग  आफ्नो  स्व. छारीको सम्झना जोडिएको बताउनु भयो । 

IMG_6026

उहाँले  पठन शिपकलामा  श्री लक्ष्मी  आधारभुत विद्यालयल उब्बल पाएकाले यसै विद्यालयलाई रोजेको बताउनु भयो । 

उहाँले  कोषमा राखिएको  रकमको  ९० प्रतिशत  विद्यार्थी  र विद्यालयको बिकासमा  खर्चिने र १०  प्रतिशत कोषको रकम   बढाउन सुरक्षित राख्ने बताउनु भयो ।

स्व.निता भेटवाल स्मृति छात्रवृति अक्षयकोषका संरक्षक समेत रहेका   भेटवालले  भविष्यमा पनि अन्य सहयोगका कार्यक्रम लिएर  आउने प्रतिबद्वता व्यक्त गर्नुभयो ।

कार्यक्रमका बिच  साबिक गरामनी क्षेत्र भित्र रहेका सामुदायिक तथा संस्थागत  विद्यालयबाट   हाजिरीजवाफ  प्रतियोगितामा    प्रथम हुने  कक्षा ८ की सानिया खातुन, कक्षा ७ की सविना राजवशीं र   कक्षा ७ का  ललित तिम्सिनालाई  प्रमुख अतिथी  वडा नम्वर ७ का अध्यक्ष  खरेलले  सम्मान गर्नुभएको भएको   थियो   ।

हाजिरीजवाफ  प्रतियोगितामा  ७ वटा विद्यालयहरुको सहभागिता  रहेको थियो । 

IMG_6032विद्यालय व्यवस्थापन समितिका अध्यक्ष न्यौपानेले  विशाल हृदय बनाई प्रवासमा कमाएको पैसा  नेपाली  बालबालिकाको शिक्षामा अर्पण गर्नु भएकोमा दाताद्वय लाई  विशेष धन्यवाद ज्ञापन गर्नुभयो । 

कार्यक्रमका प्रमुख अतिथी खरेलेले  अक्षयकोषको साक्षी आफु पनि भएकाले यसको सहि सदुपयोग भए नभएको अवलोकन र निरिक्षण गर्ने बताउनु भयो ।

उहाँले विद्यालयको प्रशंसा गर्दै सबै शिक्षक शिक्षिकाहरु अब्बल रहेको बताउनु भयो ।

बिद्यालयले अतिरिक्त क्रियाकलापमा राम्रो प्रगति गर्न सफल भएको भएको भन्दै बधाई  दिनुभयाे ।

 IMG_6015उहाँले वडाले सकेसम्मको सहयोग गर्ने बताउनु भयो ।

दाताहरु भेटवालद्वयलाई मायाको चिनो प्रदान गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष  श्री मेदिनीप्रसाद मैनालीले क्षयकोषले  विद्यालय सञ्चालन र बालबालिकाको शिक्षामा महत्वपूर्ण सहयोग पुग्ने बताउनु भयो । 

कार्यक्रममा  विद्यालयका बिद्यार्थी र शिक्षकहरुले  आर्कषक नृत्यद्वारा कार्यक्रमका शोभा बढाएका थिए ।

IMG_6036

कार्यक्रममा वडा नम्वर ७ का वडा सदस्य मनकुमारी लिम्बु, हिमलता विश्कर्मा, समाजसेवी केशव  कार्की, भरत बिमली, डम्बर बिमली, पत्रकार माधव विद्रोही , भरत प्रसाई, भुपू शिक्षक डिल्लीप्रसाद ओली, समाज सेवी श्याम पक्वाल, भिष्म शिवाकोटी लगायत अभिभावक, शिक्षक शिक्षिकाको बाक्लो उपस्थिती रहेको थियो । 

कार्यक्रमको सञ्चालन  विद्यालयका शिक्षक केशव उप्रेतीले गर्नुभएको थियो ।