इटहरी ।भरत भाबुक प्रसाई, मेचीमहाकाली बुहारी संयुक्त आवाज कोशी प्रदेशले  लैंगिक हिंसा विरुद्वको १६ दिने अभियान अन्र्तगत अधिवक्ता संग कानुनी सचेता कार्यक्रम सम्पन्न गरेको छ ।


इटहरी –१२ स्थित पुर्वाञ्चल क्याफे खनारमा आयोजना गरिएको कार्यक्रमको सहजीकरण ओरेक नेपालकी पूर्व प्रदेश प्रमुख अधिवक्ता शोभा बजगाईले गर्नुभएको थियो ।


IMG_6444मेचीमहाकाली बुहारी संयुक्त आवाजकी कोशी प्रदेश अध्यक्ष पिंकी थापाको अध्यक्षता तथा केन्द्रिय अध्यक्ष चन्द्रकला काफ्लेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमलाई  कोशी प्रदेशकी अध्यक्ष थापाले स्वागतगर्नु भएको थियो ।

केन्द्रिय अध्यक्ष चन्द्रकला काफ्लेले व्यानर पढेर कार्यक्रको उदघाट्न गर्नु भएको थियो ।

IMG_6456

संस्थाको औचित्यमाथी प्रकाश पार्दै  कार्यक्रमकी प्रमुख अतिथी केन्द्रिय अध्यक्ष चन्द्रकला काफ्लेले कोशी प्रदेशमा गएको आर्थिक बर्षमा ४ सय ५० वटा लौंगिक हिंसाको घटना दर्ताभएको बताउनु भयो ।

IMG_6517

उहाँले मेचीमहाकाली बुहारी संयुक्त आवाज दुरदराजका गरीव महिला बालबालिका तथा पिडामा परेका मानिसहरुको आवाज बन्दै आएको बताउनुभयो ।

उहाँले संस्थालाई एक जिल्लाबाट फैलाएर नेपालकै शोषित र पिडितहरुको भरोसाको संस्था बनाउन संस्थापक अध्यक्ष यमुशर्मा पौडेले खेलेको भुमिकाको खुलेर प्रशंसा गर्नुभयो ।

IMG_6563

उहाँले परिर्वनहरु जहिले पनि सानोबाट सुरु हुने बताउनुभयो ।

कार्यक्रमका बिच मोरङ जिल्ला उपाध्यक्ष सुशिला सुवेदीले  सहभागि तथा आमन्त्रितहरुलाई, तनावलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा प्रयोगात्मक प्रशिक्षण दिनु भएको थियो । 

त्यस्तै प्रशिक्षक शोभा बजगाईले यौन हिंसा र  संविधानले  निर्दिष्ट गरेको कानुनको विषयमा प्रकाशपार्नु भएको थियो । 

IMG_6439

उहाँले लैंगिक हिंसा विरुद्वको १६ दिने अभियान ३३ वर्ष अगाडी युएनले पारित गरी १ सय १६ देशमा लागु भएको बताउनु भयो ।

उहाँले परम्परागत दृष्टिकोणका कारण समाजमा लैंगिक हिंसाका घटनाहरु घट्ने गरेको बताउनुभयो ।

उहाँले ८२ प्रतिशत महिलाहरु विभिन्न कारणले महिला हिंसामा पर्ने गरको बताउनु भयो ।  कोशी प्रदेश अध्यक्ष पिंकी थापाले सबैको सहभागिताले आफुहरुदाई उर्जा थपेको बताउदै आयोजित अभिमुखीकरण कार्यक्रमबाट कानुनमा देखिएका अन्योलतालाई चिर्न मद्वतपुगेको बताउनु भयो ।


IMG_6522

उहाँले  केन्द्रिय संस्थापक अध्यक्ष यमु शर्मा पौडेलको भिजनले यत्रो विशाल रुप लिदै सामाजिक परिवर्तनमा खेलेको भुमिकालाई स्मरण गर्नुभयो ।


कार्यक्रममा झापा जिल्ला संयोजक गंगादेवी भट्टराई, सह–संयोजक  रोशनी  अधिकारी खनाल,मोरङ जिल्ला संयोजक,तारा घिमिर, सनसरी संयोजक हरिमाया कार्की,कमल गाँउपालिका उपशाखाकी संयोजक  चन्द्रकला सुब्बा,धरान उपशाखा संयोजक अन्जना थापा, दमक  उपशाखा उपाध्यक्ष चम्पा दाहाल,सनसरी जिल्ला उपाध्यक्ष लक्ष्मी अधिकारी,पत्रकार भरत प्रसाई, पुर्वाञ्चल ग्रुपका संस्थापक अध्यक्ष दामोदर विडारी लगायतको उपस्थिती रहेको थियो ।