बिर्तामोड, २६ मंसिर : बिर्तामोड नगरपालिका वडा नम्बर ३ का विभिन्न टोलमा सडक निर्माण तथा स्तरोन्नतिका काम  धमाधम भईरहेका छन् । 

संघ, प्रदेश, नगरपालिका र वडाको आफ्नै बजेटमा प्लम निर्माण, कालोपत्रे, पेवर्स लगाउने, कल्भर्ट निर्माण लगायतका कामहरु धमाधम भईरहेका हुन् । 

अहिले शुभलक्ष्मी टोल नम्बर ४ को २४६ मिटर सडकमा प्लम निर्माण कार्य भईरहेको वडा नम्बर ३ का वडा सदस्य हरि बाँस्कोटाले जानकारी दिनु भयो । उहाँले प्लम निर्माणको काम उपभोक्ता समिति मार्फत भईरहेको  बताउनु भयो ।

fc21c9b0-9f2c-4bda-9a54-a82ed990539e

निर्मल उप्रेतीको अध्यक्षतामा उपभोक्ता समिति निर्माण भएको छ ।  उपभोक्ता समितिको ९७ हजार र वडाको ४ लाख रुपैयाँ गरी कुल ४ लाख ९७ हजार रुपैयाँ बजेटमा काम भईरहेको वडासदस्य बाँस्कोटाले जानकारी दिनुभयो । 

80e9d02b-f833-4784-b373-6d361f19c358

आगामी बैशाख सम्ममा काम सम्पन्न गर्ने गरी निर्माण कम्पनी झापाली विल्डर्ससंग सम्झौता भएको छ । सम्झौता अनुसार धमाधम काम अघि बढेको निर्माण कम्पनीका डिकबहादुर कुँवरले जानकारी दिनुभयो ।