7777777कचनकवल । भरत भाबुक प्रसाई, उहाँ हुनुहुन्छ चम्चा गणेश उहाँ कञ्चनकवल गाँउपालिका वडा नम्वर १ स्थित गणेश टोलमा आफ्नो छोरा संग बस्नु हुन्छ तर एउटै घरमा रहेर पनि छोराले वास्ता नगरेपछी जिवन धान्न उहाँका श्रीमानले चटपटे बेच्ने गरेका छन् ।

उहाँले पराललाई आफ्नो ओछ्यान बनाएर यो कठ्याङग्रिदो जाँडोमा रात बिताउने विवश्ता सुनाउँदा हाम्रो  आँखा रसाएको थियो,मन भारी भएको थियो ।

IMG_6757

विहान बेलका छाक टार्न धौधौ भएको यस परिवारलाई राम्रो लगाँउने न्यानो कपडामा सुत्न पाउनु त एकादेशको कथा जस्तै भएको छ ।

त्यहीबेला ग्रामिण दुरदराजका भोका र नाङगाहरुको अनुहारका मुस्कान छर्न सकेजतिको सहयोग गदैआएको मेचिमहाकाली बुहारी संयुतm आवाज सुखीको मुस्कान लिएर आयाे ।

IMG_6628उहाँ त केवल प्रतिनिधी पात्र मात्रै हुनुहुन्छ यस्ता लाखौ बालबालिकाले घरेलु हिंसा, विपन्नताको कारण न राम्रो संग जिवनयापन गर्न पाएका छन् न नै दुई छाक पेटभरी खान पाएका छन् ।

सदैव बालबालिका र महिला हिंसाको पक्षमा वकालत गर्दै आउनु भएकी संस्थापक अध्यक्ष यमुशर्मा पौडेल र उहाँका श्रीमान समाजसेवी रोशन पौडेलको विवाह वर्ष गाँठको उपलक्ष्यामा कचनकवल १ का अति विपन्न तथा असाहय बालबालिकाहरुलाई लक्षित गरी न्यानो कपडा वितरण गरिएको थियाे ।

IMG_6729

कञ्चनकवल १ गणेशटोलका अतिविपन्न ५० भन्दा बढी बालबालिकालाई जाडो मौसममा राहत पुर्याउने उदेश्यले कार्यक्रम आयोजना गरिएको हो।

 कार्यक्रममा बालबालिकालाई ज्याकेट र ३५ विपन्न परिवारलाई सिरक  लगायतका न्यानो लुगा वितरण गरिएका छन् । वितरण कार्यक्रममा संस्थाका पदाधिकारीहरूसहित विभिन्न स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति थियो।

 मेचीमहाकाली बुहारी संयुक्त आवाजकी केन्द्रिय अध्यक्ष चन्द्रकला काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत झापा जिल्ला संयोजक गंगा भट्टराईले गर्नुभएको थियो ।

3

प्रमुख अतिथी समेत रहनु भएका कचनकवल गाँउपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीले ब्यानर पढेर उद्घाटन गरेको कार्यक्रममा संस्थाको गतिविधी र औचित्यका सम्बन्धमा  केन्द्रिय अध्यक्ष काफ्लेले प्रकाश पार्नुभयो ।

उहाँले केन्द्रिय संस्थापक अध्यक्ष यमुशर्मा पौडेललाई स्मरण गर्दै सानो विरुवाको रुपमा रोपिएको  अभियानले विशाल रुप लिदै समाजमा चेतना छर्न सफल रहेको बताउनु भयो ।

प्रवासमा बसेर पनि नेपाली माटो, बालबालिका र महिला हिंसाका सवालमा सदैव बुलन्द आवाज उठाउन  प्रेरित गरिरहने संस्थापक यमुशर्माको परिकल्पनाले सार्थकता पाएको उहाँले बताउनु भयो ।

1 3

 उहाँले भन्नु भयो,जाडो मौसमले बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने भएकाले उनीहरूलाई सहयोग गर्नु हाम्रो कर्तव्य हो।

आगामी दिनमा यस्तै सामाजिक कार्यमा अझ सशक्त रूपमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि स्थानीय जनप्रतिनिधि कचनकवल गाँउपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीले संस्थाको कार्यको प्रशंसा गर्दै समाजमा यस्तो अभियानले सकारात्मक सन्देश पुर्‍याउने बताउनु भयो ।


IMG_6624

उहाँले, यस प्रकारका कार्यक्रमले असाहाय बालबालिकालाई मात्रै नभई समाजका अन्य वर्गलाई पनि सहयोगको भावना विकास गर्न प्रेरित गर्ने बताउनु भयो ।


कार्यक्रमले जाडोबाट पीडित बालबालिकालाई प्रत्यक्ष सहयोग पुर्‍याउनुका साथै समाजमा परोपकारी भावना प्रवर्द्धन गरेको कार्यक्रमका संयोजक तथा कचनकवल गाँउपालिकाका सदस्य उमाशंकर गणेशले बताउनु भयो ।

 उहाँले बालबालिकाका अभिभावकले संस्थाप्रति आभार व्यक्त गर्दै यस्तो अभियानले गरिबीले थिचिएका परिवारलाई ठूलो राहत मिलेको बताउनु भयो ।


कार्यक्रममा कचनकवल वडा नम्वर १का कार्यवाहक अध्यक्ष अन्तलाला राजवंशी, समाजेवी झरेन्द्र गणेश,जेष्ठ बुबा पलानो गणेश, आमा चम्पा देवि गणेश,मेचीमहाकाली बुहारी संयुक्त आवाजकी  झापा जिल्ला सदस्य , चन्दा उप्रेती तथा निर्मला नेपाल लगायको उपस्थिी रहको थियो ।

कार्यक्रमका बिच न्यानो पोसाक पाएपछी स–सना बालबालिकाहरुले संस्थापक यमुशर्मा पौडेललाई धन्यवाद दिदै सफल जिवनको कामना समेत गरेका थिए ।

IMG_6667संस्थापक यमुशर्मा पौडेलले जिवनको आफ्नो खुसी बालबालिकाहरु संग मनाएको बताउनु भयो ।

उहाँले प्रवासबाट शन्देश पठाउदै सबै  बालबालिका आफ्नो सन्तान भएको बताउनु भयो ।  

मेचिमहाकालि बुहारी संयुक्त आवाजले संस्थापक पौडेलको वर्षगाँठ विशेष बनाउन यस किसिमको कार्यक्रम आयोजना गरिएको जिल्ला सदस्य चन्द्रा उप्रेतीले बताउनु भयो ।

मेचीमहाकाली बुहारी संयुक्त आवाजले बालबालिका र महिलाको अधिकारको क्षेत्रमा विगतदेखि नै क्रियाशील रहँदै आएको छ।

संस्थाले आगामी दिनमा पनि यस्तै सहयोगका कार्यलाई प्राथमिकताका साथ निरन्तरता दिने जनाएको छ।

कार्यक्रमको सञ्चालन झापा जिल्ला सह–संयोजक रोशनी खनालले गर्नुभएको थियो ।