कनकाई, १४ पौष २०८१, चन्द्र बस्नेत     नेपाली समाजमा चलचल्तीमा रहेको उखान ‘हुने बिरुवाको चिल्लो पात’ भने झैँ  अहिले झापा कनकाई नगरपालिका–३ का ३१ वर्षीय युवा प्रवीन श्रेष्ठमा ठक्याक्कै मिलेको छ । सानैदेखि मेहनती र लगनशील स्वभावका प्रवीन अहिले उदयीमान युवा व्यवसायी बन्दै गएका छन् ।

कनकाई नगरपालिका  ३ सुरुङ्गामा  विगत दुई दशक अघि देखी बुवा गौरीलाल श्रेष्ठले सुरु गरेको श्रेष्ठ ज्वेलर्स पछिल्लो समयदेखि छोरा प्रवीनले समाल्दै आउनुभएको छ।

श्रेष्ठ ज्वेलर्सको व्यवसायलाई केही वर्ष अघि देखी बुबाको निधन पछि  मैले थामेको सुनाउदै  प्रवीन भन्नुहुन्छ , बुबाले करिब २०/२१  वर्षसम्म व्यवसाय गर्नुभयो, त्यसपछि म गर्दैछु ।

” बुबा हुँदा जति सहज हुन्थ्यो त्यति त कहाँ हुन्छ र तर पनि बाध्य भएर गर्नै पर्छ गहभरी आँसु झार्दै प्रवीन सुनाउनु हुन्छ ।  कनकाई ३ सुरुङ्गा बजारको कनकाई क्याम्पस रोडमा  " श्रेष्ठ ज्वेलर्स " को पसल छ ।

अनलाइन प्लेटफर्मको भरपुर उपयोग गर्दै गरेर आफ्नो पसलमा आएका अडरलाई  उहाँले  देशका विभिन्न ठाउँसम्म फैलाउनु भएको छ ।  उहाँको पसलमा अडर लिन झापा सहित नेपालका विभिन्न  जिल्लाका ग्राहक आउने गरेको पाईएको छ।

युवा व्यवसायी प्रवीन अगाडी भन्नुहुन्छ विदेश मात्र विकल्प होइन, यही पनि केही गर्न सकिन्छ, “आफूसँग भएको सीप, क्षमतालाई प्रयोग गर्न सके स्वदेशमै पनि केही गर्न सकिन्छ ।

प्रवीनले सञ्चालन गरेको श्रेष्ठ ज्वेलर्समा सिजनमा मात्र होईन जुनसुकै समयमा पनि सेवाग्राहीको भिड उतिकै बड्दो छ। ग्राहकको रोजाइ अनि आफुले चाहेको सामाग्री भनेकै समयमा पाउने भएपछि पनि श्रेष्ठ ज्वेलर्स नै आउने गरेको अर्जुनधारा ५ कि कोपिला ढकालको भनाई छ।

त्यस्तै पसलमा नै भेटिनु भएकी झापा गाउँपालिका ७ सरिता निरौलाभन्नू हुन्छ म पनि जति खरिद गर्छु या परिवारमा पनि किनमेल गर्नु पर्दा यहीँ आउँछु। सामान पनि  भनेजस्तो जतिसुकै तयारी अवस्थामा नै रहने भएकाले पनि यहीँ पसल नै रोज्न पुगेको निरौलाको भनाई छ।

पसलबाट सबै प्रकारका सामान छिटो ग्यारेन्टीका साथ उपलब्ध गराउने भएकै कारण पनि ग्राहक पनि सन्तुष्ट रहेको पाईएको छ।

माग अनुसारको सामान पाउँदा ग्राहक सन्तुष्ट हुनुका साथै व्यवसाय पनि बढ्दै गएको प्रवीनको भनाइ छ ।

प्रवीन लाई साथ दिने अहिले श्रीमती सपना र आमा चन्द्रकुमारी पनि हुनुहुन्छ । एक बच्चाका अविभावक समेत रहनु भएका प्रवीन समाजसेवामा समेत उतिकै सक्रिय हुनुहुन्छ ।

खेलप्रेमी बुवा गौरीलाल कै प्रेरणाले उहाँले प्रतेक वर्ष खेलकुद प्रतियोगिता आयोजना गर्ने गर्नुभएको छ।

त्यस्तै अति विपन्नलाई सहयोग समेत गर्दै आउनु भएको छ।