कनकाई ।  दोमुखा बचत तथा ऋण सहकारी संस्थाले २५ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

झापाको  कनकाई–३ सुरुङ्गा मा मुख्य कार्यालय रहेको संस्थाले सोमबार  आज कनकाई वडा २मा रहेको धार्मिक तथा पर्यटकिय क्षेत्र धनुस्कोटी स्थलमा साधारणसभा सम्पन्न गरेको हो ।

संस्थाका अध्यक्ष भरतकुमार थपलियाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघ झापाकी उपाध्यक्ष चम्पा खानाल (सुवेदी )को प्रमुख आतिथ्य रहेको थियो ।

स्वागत संस्थाका सदस्य रामजी  देवी गौतमले गरेको कार्यक्रममा प्रमुख अतिथि खनाल  भगवती बचत तथा ऋण  सहकारी सस्थाका उपाध्यक्ष तोमप्रसाद बारकोटी ,कार्यपालिका सदस्य कृष्णमाया भुजेल , भिमसेन बचत तथा ऋण सहकारी सस्थाका व्यवस्थापक खगेन्द्र श्रेष्ठ ,कनकाई सुरुङ्गा सहकारी सस्थाका सचीव श्याम प्रसाद पौडेल ,कनकाई सामुदायिक वन उपभोक्ता समितिकी सचिव मान्ता खरेल , कनकाई माद्यामिक विद्यालयका प्रधानद्यापक कणबहादुर डागी ,सल्लाहकार चन्द्र पोखरेल , लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियोे ।

संस्थाका सचिव खगेन्द्रप्रसाद खनालले सञ्चालन गरेको कार्यक्रममा आव २०८१÷०८२ को नीति, कार्यक्रम तथा बजेट संस्थाका अध्यक्ष थपलियाले प्रस्तुत गर्नुभएको थियोे ।

आर्थिक बर्ष २०८०÷०८१ सम्ममा ३ हजार २ सय २० जना शेयर सदस्य रहेको  व्यवस्थापक रमेशकुमार बारकोटीले जानकारी दिनुभयो । संस्थाको शेयरपुँजी १ करोड ८८ लाख ७९ हजार ६०० रुपैयाँ रहेको संस्थाका अध्यक्ष भरतकुमार थपलियाद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

33333 1

अध्यक्षको प्रतिवेदन अनुसार संस्थाले यस आवमा ८५ लाख ८१ हजार ३ सय ५२रुपैयाँ १० पैसा आम्दानी, ७४ लाख  ८२ हजार १  सय ३०रुपैयाँ २६ पैसा खर्च गरी बाडफाँड गर्न योग्य नाफा १० लाख ९९ हजार २ सय २१  रुपैयाँ ८४ पैसा रहेको छ ।

सोही कार्यक्रमकाबिच संस्थाले जेष्टनागरिक पिता गोविन्द प्रसाद घिमिरे र माता पदमाकुमारी पोखरेललाई नगद सहित दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियोे ।

सोही अवसरमा उत्कृष्ट बचतकर्ताद्व्य पदमकुमार घिमिरे र आशा मन्डल त्यसैगरी उत्कृष्ट ॠणिमा विन्दा पौडेल र रेणुका श्रेष्ठ तथा उत्कृष्ट कर्मचारीमा दिव्या ढकाल (निरौला )लाई सम्मान गरिएको थियोे ।

 कार्यक्रममा लेखा समिति संयोजक मदनकुमार ढकालले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।सस्थामा संचालक समिति सहित लेखा समिति , शिक्षा तथा तालिम उपसमिति ,कर्जा लगानी तथा असुली उप समिति , कर्मचारी पद पुर्ति उप समिति र सल्लाहकार समिति छुट्टाछुट्टै रहेको व्यवस्थापक बारकोटीले जानकारी दिनुभयो ।कार्यक्रमको सन्चालन सचीव खगेन्द्र प्रसाद खनालले गर्नुभएको थियोे ।