कनकाई,  सुभेक्षा बचत तथा ऋण सहकारी संस्थाको  १४ औं बार्षिक साधारणसभा तथा पाँचौ अधिबेशनबाट  ३ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको छ।

झापाको  कनकाई–३ सुरुङ्गा मा मुख्य कार्यालय रहेको संस्थाको  सोमबार  आज कनकाई वडा ३ मा रहेको कनकाई सामुदायिक वनको सभाहलमा भएको १४ औं बार्षिक साधारणसभा तथा पाँचौ अधिबेशन बाट डिल्लीराम अधिकारीको अध्यक्षता तथा सचिवमा नारायण थापा सहितको सात सदस्यीय नयाँ  नेतृत्व चयन गरेको हो।

त्यसैगरी उपाध्यक्षमा सुर्य प्रसाद अधिकारी , सदस्यहरुमा क्रमश युवराज अधिकारी ,प्रजिता अधिकारी , हेमबहादुर राई र डिल्लीराम मैनाली (दिनेश ) गरि सात सदस्यीय नयाँ समिति चयन गरिएको सल्लाहकार संयोजक किरण दाहालले जानकारी दिनुभयो ।


संस्थाका अध्यक्ष बालकृष्ण चेम्जोङ्गको अध्यक्षतामा भएको कार्यक्रममा वडा न ३ का वडा अध्यक्ष युवराज चौलागाईंको प्रमुख आतिथ्य रहेको थियो ।

88888स्वागत संस्थाका सदस्य युवराज अधिकारीले गरेको कार्यक्रममा प्रमुख अतिथि चौलागाईं , न्युपाथीभरा बचत तथा ऋण  सहकारी सस्थाका अध्यक्ष शंकरप्रसाद पान्डे ,  भगवती  बचत तथा ऋण सहकारी सस्थाका प्रतिनिधि गोमादेवी कार्की ,दक्षिण एसियायी ज्योतिष महासंघका केन्द्रीय समिति उपाध्यक्ष नारदमणि न्यौपाने लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियोे ।

 कार्यक्रममा आव २०८१÷०८२ को नीति, कार्यक्रम तथा बजेट संस्थाका अध्यक्ष चेम्जोङ्ग्लेप्रस्तुत गर्नुभएको थियोे । आर्थिक बर्ष २०८०÷०८१ सम्ममा ३ हजार ७ सय १४ जना शेयर सदस्य रहेको   सचिव नारायण थापाले जानकारी दिनुभयो ।


संस्थाको शेयरपुँजी १ करोड ७२ लाख २४ हजार  ५० रुपैयाँ रहेको संस्थाका अध्यक्ष चेम्जोङ्गद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

अध्यक्षको प्रतिवेदन अनुसार संस्थाले यस आवमा  बैंक मौज्दात १ करोड १३ लाख २ हजार १ सय ७७ रुपैयाँ बचत तथा निक्षेप कारोबार ३ करोड ३९ लाख ४ हजार ८ सय ६५ रुपैयाँ  ५६ पैसा कर्जा लगानी तथा असुली ३ करोड १४ लाख ६१ हजार १ सय ३४ रुपैयाँ नाफा ८६ हजार ७ सय ५७ रुपैयाँ १९ पैसा रहेको छ ।

सोही कार्यक्रमकाबिच संस्थाले उत्कृष्ट बचतकर्ता  वृहस्पति आचार्य , होम प्रसाद गौतम र माजली हास्दा त्यसैगरी उत्कृष्ट ॠणिमा श्यामकुमारी सुब्बा ,महावीर महासेठ सुडी  र कल्ठु गन्माई तथा उत्कृष्ट कर्मचारीमा टङ्कबहादुर खत्री  )लाई सम्मान गरिएको थियोे ।

 कार्यक्रममा लेखा समिति संयोजक नारायण थापाले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रमको सन्चालन लेखा समिति सदस्य मित्रजङ्ग कार्कीले गर्नुभएको थियोे ।