कनकाई । झापाको कनकाई–१ जामुनवारीमा रहेको तुर्षा हेमरम स्मृति प्रतिष्ठानले २८ औं तुर्षा हेमरम स्मृति दिवस बिविध कार्यक्रम गरेर मनाएको छ ।
प्रतिष्ठानले आज शनिवार प्रतिष्ठानको कार्यालयमा विविध सांस्कृतिक तथा खेलकूद कार्यक्रम गरेर मनाएको हो ।
प्रतिष्ठानका अध्यक्ष तथा नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य गोपालकुमार बस्नेतको सभापत्विमा भएको कार्यक्रममा बरिष्ठ अधिबत्ता लीला उदासीको प्रमुख आतिथ्य रहेको थियो ।
स्मृति दिवसका अवसरमा छेलो, लमजम र तीरधनुष साथैं सांस्कृतिक कार्यक्रम समेत गरिएको प्रतिष्ठानका सचिव कुमारमणि पोखरेलले जानकारी दिनुभयो ।
खेलकूद र सांस्कृतिक कार्यक्रममा पहिलो, दोस्रो ,तेस्रो र सान्त्वना हुनेलाई प्रमाणपत्रका साथमा नगद पुरस्कारसमेत प्रदान गरिएको खेलकूद समितिका प्राविधिक संयोजक दुर्गाराज निरौलालले बताउनुभयो ।
स्वागत प्रतिष्ठानका उपाध्यक्ष लखन हेमरमले गरेको कार्यक्रममा बरिष्ठ अधिवत्ता उदासी र सञ्चारकर्मी तथा सामाजिक ब्यक्तित्व रश्मीशेखर सुवेदी प्रमुख बत्ताका रुपमा रहनुभएको थियोे ।
कार्यक्रममा कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवे , जिल्ला खेलकुद समितीका अध्यक्ष प्रसान्त भण्डारी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियोे ।
कार्यक्रममा झापा गाउँपालिकाकी कार्यबहाक अध्यक्ष अन्जुदेबी थपलिया, जग्गादाता उमा प्रसाद सिटौला, तुर्षा हेमरमका छोरा लुखीराम हेमरम, छोरी मुखिया हेमरम, झापा गोल्डकपका अध्यक्ष बिनोद बस्नेत
नेपाली कांग्रेस कनकाई नगर सभापति दुर्गा प्रसाईं , बिर्तामोड नगर सभापति भोजराज सिटौला , नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उप साखा सभापति सजेश शिवाकोटी , कनकाई वडा न ७ का अध्यक्ष भीष्म भुषण सिटौला,रोटरी क्लब कनकाईका निवर्तमान अध्यक्ष शिवकुमार कडेल, नेपाल भारत मैत्री संघ कनकाईका अध्यक्ष अर्जुनकुमार बोहोरा नेपाली कांग्रेस वडा न १ र ७ का सभापति मनोज बस्नेत ,ईश्वरी शिवाकोटी विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधि , महिला नेत्री लगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव कुमारमणि पोखरेलले गर्नुभएको थियोे ।














