बिर्तामोड । भरत भावुक प्रसाईं ,लीला माया खड्का आदर्श फाउन्डेसनले बाह्रदशी १ मा रहेको अमृत माध्यमिक विद्यालयका अती विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा वितरण  गरेको छ । 

कक्षा १ देखि १० सम्मका गरिव विपन्न ४ सय ९६ जना न्यानो कपडा वितरण गरिएको लीला माया फाउन्डेसनकी संरक्षक शिखा खड्काले जानकारी दिनुभयो । साहरा नेपालको प्राविधिक ब्यवस्थापन रहेको  कार्यक्रमलाई लीला माया खड्का फाउन्डेसन र एफसी झापाको सहयोग रहेको थियो । 

IMG_8413

लीलामाया खड्का आदर्श फाउन्डेशन , झापा एफसी, फ्रेन्जको सहयोगमा वितरण गरिएको न्यानो कपडा वितरणको कार्यक्रमको व्यवस्थापन सहारा नेपालले गरेको हो ।

IMG_8398

 विद्यालयका प्रधानाध्यापक रामबहादुर बुढाथोकीले  कार्यक्रममा स्वागत गर्दै विद्यालयमा वर्षौपछि परोपकारी संस्था लीला माया खड्का आदर्श फाउन्डेसनले विकट भुगोलमा रहेको विद्यालयका विद्यार्थीहरुलाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

IMG_8398 1

एनएसएल टिम झापा एफसीका अध्यक्ष  अर्पण विक्रम खड्काले फाउन्डेशन मार्फत आफु जन्मिएको स्थानका बालबालिकाहरुलाई परोपकारी भावना राखि गरेको पुण्य कामलाई विद्यालयले कहिल्यै विर्सिन नसक्ने उहाँले बताउनुभयो । 

IMG_8414

कार्यक्रमका प्रमुख अतिथि सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्र कुमार गिरीले विपन्न विधार्थीलाई न्यानो कपडा वितरण गरेर फाउन्डेशनले ठुलो योगदान गरेको बताउनु भयो ।

उहाँले झापा एफसीका अध्यक्ष  अर्पण विक्रम खड्कालाई विशेष धन्यवाद दिदै समाजिक सेवा गर्ने हरुका लागि खड्का प्रेरणा बनेको बताउनु भयो ।

 प्रमुख अतिथी गिरीले हुनेले नहुनेहरुलाई सहयोग गर्न जरुरी रहेको धारणा  राख्नु भएको थियो । 

 उहाँले  आगामी दिनमा पनि सामाजिक कामलाई निरन्तरता दिन आग्रह गर्दै सामाजिक काममा आफ्नो र साहरा नेपालको सदैव सहयोग रहने बताउनु भयो । 

IMG_8369विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुमिराज थापाको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व मन्त्री टेकनारायण राजवंशी लगायतले मन्तव्य राख्नु भएको थियो । 

कार्यक्रममा लीलामाया खड्कासहित फाउन्डेशन परिवारको सहभागी रहेको थियो ।