बिर्तामोड।  महिला उद्यमी संघ नेपालले नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई सम्मान गरेको छ ।

 गिरी महासङ्घको अध्यक्षमा दोस्रो कार्यकालका लागि भर्खरै निर्वाचित हुनु भएको हो ।  महिला उद्यमी संघले व्यवसायको प्रवद्वन तथा महिलालाई व्यवसायमा प्रोत्साहन गर्न खेलेको भुमिकाको सम्मान गर्दै गिरीलाई सम्मान गरिएको महिला उद्यमी महासंघ नेपालकी अध्यक्ष शोभा ज्ञवालीले बताउनु भयो ।     

सोमबार बिर्तामोडमा आयोजित नवौँ वार्षिक साधारण सभाको अवसर पारेर अध्यक्ष गिरीलाई संघले सम्मान गरिएको थियो । 

महिला उद्यमी महासंघ नेपालकी अध्यक्ष शोभा ज्ञवाली र संघकी झापा अध्यक्ष सुष्मा पौडेल, पूर्व अध्यक्ष नैनकला भट्टराई र संस्थापक अध्यक्ष गोमा भट्टराईले दोसल्ला ओढाएर अध्यक्ष गिरीलाई सम्मान गरेका थिए ।

472946449_9123404017719975_3089124952956333895_n कार्यक्रममा बोल्दै अध्यक्ष गिरीले उद्यमशीलताको विकासका लागि संघले महत्वपूर्ण काम गर्दै आएको बताउँदै आगामी दिनमा थप रचनात्मक र प्रभावकारी काम हुनेविश्वास व्यक्त  गर्नु भयो । उहाँले झापाली पत्रकारहरुकै  प्रतिनिधीका रुपमा आफुलाई छनोट गरी सम्मान गरेकोमा आयोजक संस्थालाई धन्यवाद दिनुभयो । उहाँले महिला उद्यमशील हुनु भनेको परिवार र समाज स्वनिर्भर बन्नु रहेको बताउदै    महिलाहरुले गरेको व्यवसाय सफल रहेको बताउनु भयो ।