बिर्तामोड । भरत भाबुक प्रसाई, सानै उमेरमा नै बोनम्यारो क्यान्सर जस्तो गम्भीर रोग संग जुधिरहेका  झापा जिल्ला बिर्तामोड नगरपालिका वडा न. ५ निवासी ३ वर्षिय उज्जवल ठाकुरको थप उपचारार्थ  मेचीमहाकाली बुहारी संयुक्त आवाजले आफ्नो खाजा खर्चबाट उठाएको रकम २० हजार ५ सय सहयोग गरेको छ ।

IMG_8688

सधै दिन दुखीको घाउमा मलम लगाउदै आएको मेचीमहाकाली बुहारी संयुक्त आवाजले यो भन्दा अगाडी पनि विभिन्न रोगले छट्पटिरहेका विपन्न बिरामीहरुलाई सहयोग गर्दै आएको छ ।

नगद हस्तान्तरण कार्यक्रममा बोल्दै मेचीमहाकाली बुहारी संयुक्त आवाजकी केन्द्रिय अध्यक्ष चन्द्रकला काफ्लेले सम्पूर्ण बुहारीहरुलाई धन्यवाद दिनुभयो  ।

उहाँले  सबैको सहयोगले मात्र विपन्न बालकको जीवन बचाउन सकिन  भएकाले सम्पूर्ण बुहारी संघसंस्था एवं स्थानिय तहबाट सकेजतिको सहयोग गरिदिन आग्रह गर्नुभयो ।

उहाँले यो अभियानकी परिकल्पनाकार यमुशर्मा पौडेललाई स्मरण गर्दै बुहारी, बालबालिका र दिन दुःखीको हकहितमा सधै लाग्न प्रेरणा प्रदान गर्नु भएको भन्दै उहाँप्रति आभार व्यक्त गर्नुभयो  ।

IMG_8701

उहाँले बालक उज्वल ठाकुरलाई बचाउन सकेजतिको सहयोग गर्ने प्रतिबद्वता व्यक्त गर्नु भयो ।

बिर्तामोड वडा नम्वर ५ का वडाध्यक्ष रोहित प्रसाईले  विपन्न गरीवीले पिल्सिएको परिवार छनोट गरि अवोद ३ वर्षको बालकको ज्यान बचाउन आफ्नो खाजा खर्च काटेर रकम संकल गरी सहयोग गरेकोमा मेचीमहाकाली बुहारी संयुक्त आवाजलाई विशेष धन्यवाद दिनुभयो ।


उहाँले समाजको रुपान्तरण यस्तै अभियानबाट मात्रै सम्भव रहेको बताउनु भयो । उहाँले विभिन्न संघ संस्थाहरुसंग पहल गरिदिन वडाले समन्वयकारी भुमिका खेलिदिने बताउनु भयो ।

IMG_8695

कार्यक्रममा झापा जिल्ला संयोजक गंगा भट्टराई, सह–संयोजक रोशनी खनाल अधिकारी,सह–सचिव आर्जु खतिवडा,सदस्य निर्मला नेपाल, आजिव सदस्य विनु राजवंशी पत्रकार केशव भण्डारी लगायतको उपस्थिती रहेको थियो । 


 कार्यक्रमको सञ्चालन  झापा जिल्ला संयोजक गंगा भट्टराईले गर्नुभएको थियो ।