भद्रपुर । भरत भाबुक प्रसाई ,पूर्वी तराईका राजवंशी, ताजपुरिया,गनगाईलगायतका आदिवासी जातिको मौलिक परिकार भाक्कालाई प्रवद्र्धन गर्नका लागि शुरु गरिएको भाक्का दिवसका अवसरमा विभिन्न ठाउँमा कार्यक्रम आयोजना गरिएको छ ।
झापाको भद्रपुरमा आज विशेष कार्यक्रमका बिच भक्का दिवस मनाइएको हो ।

444444भाक्का पीठ उत्सव राजवंशी समुदायको मौलिक खानाहरूको प्रवद्र्धन तथा संरक्षण गर्ने उद्देश्यले मनाउन लागिएको राजवंशी समाज विकास समिति झापाका अध्यक्ष उत्तमकुमार राजवंशीले बताउनु भयो ।

उत्सवको प्रमुख उदेश्य भनेको पौराणिक खानाहरू पेल्का, फोगो, सुकाती, खारी र सिदल लगायतका खानाहरूको प्रवद्र्धन तथा संरक्षण गर्नु रहेको राजवंशी समाज विकास समिति झापाका अध्यक्ष राजवंशीले बताउनु भयो ।

IMG_8742यहाँ पहिलादेखि नै भाक्का दिवस र उत्सव मनाइँदै आइरहेको छ । तर, यसपल्ट भाक्कासँगै पीठको परिकारलाई पनि उत्सवमा समावेश गरिएको रासविसका अध्यक्ष राजवंशीले बताउनु भयो ।

77777777777777छोरी माइती आएर ससुराली घर फर्किदा कोसेलीको रुपमा पीठलाई पठाउन चलन रहँदै आएको रासविसका उपाध्यक्ष जीतलाल राजवंशीले बताउनु भयो ।

पुस २९ गते राष्ट्रिय भक्का दिवस मनाइरहँदा २८ गते यसलाई उत्सव रुपमा मनाउने निर्णय गरिएको र यसलाई प्रत्येक वर्ष निरन्तरता दिने रासविसका राजकुमार राजवंशीले बताउनु भयो ।

उत्सव सम्पन्न गर्दा करीव चार लाख बढी खर्च हुने रासविसका अध्यक्ष राजवंशीले बताउनु भयो । भद्रपुर– ८ सगरमाथाचोकस्थित होटेल डेग्लोमा परिसरमा आयोजित उत्सवमा २५ जनाले सामूहिक रुपमा भाक्का बनाएका थिए ।

777777777777777777
३०० केजी पिठोको भाक्का बनाइएको उत्सवमा झापाका १५ पालिका सहित भारत पश्चिम बङ्गालको सिलिगुढी, दार्जिलिङ, आसामका जातीय सांस्कृतिक कलाकार टोलीको सहभागिता रहेको थियो ।

उत्सवमा राष्ट्रिय कलाकार टङ्क बुढाथोकी, स्थानीयसहित कलाकारहरुको बजोड प्रस्तुतिहरु रहेका थिए ।

कार्यक्रमको उद्घाट्न नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता तथा पुर्व मुख्य मन्त्रि उद्वव थापाले दियो बालि भाक्काकाे स्वाद चाख्दै गर्नुभएको थियो ।