बिर्तामोड, २८  पुस : बिर्तामोड नगरपालिकाले सडक स्तरोन्नतिसंगै भत्किएका सडक मर्मत कार्यलाई पनि तिब्ररुपमा अघि बढाएको छ । 

नगरले सबै वडा भित्र रहेका सडकहरुमा मर्मत कार्य अघि बढाइको हो । सडक बोर्ड नेपालसंगको साझेदारीमा मर्मत योजना सञ्चालन गरीएको जनाईएको छ । 


 कौशल्या बिर्ल्डस लक्ष्मीपुर सिराहाले सडक मर्मतको काम गरीरहेको छ । सडक बोर्डको ७० प्रतिशत र नगरपालिकाको ३० प्रतिशत गरी कुल ९१ लाख ६ हजार ७२३ रुपैयाँमा कौशल्याले मर्मतको ठेक्का पाएको हो । 

0a9f5e72-0157-41ba-a03e-2a0fb25e86b1


यस योजना अन्तर्गत पर्ने शनिस्चरे रोडदेखि अतिथि सदन, पूर्वपश्चिम राजमार्गदेखि कृष्णहल जाने सडक, न्युटन्स स्कुल जाने सडक, वडा नम्बर ८को सेन्ट जेभियर्स स्कुल जाने सडकमा यस अघि नै स्तरोनन्ती सम्पन्न भइसकेको छ । 

बाँकी रहेका पुरानो भद्रपुर रोड, हिकोला रोड कृषिथोक उत्तर सडक, वडा नम्बर १ को पञ्चकन्या टोल सडक,  वडा नम्बर ३ बिर्ताबजारदेखि घैलाडुब्बा जाने सडक लगायतका सडकहरु मर्मत भईरहेको नगरका ईन्जिनियर नरेन्द्र श्रेष्ठले जानकारी दिनु भयो । 

यो योजनाको ठेक्का सम्झौता यहि पौस मसान्तमा सकिने बिर्तामोड नगरपालिकाले जनाएको छ ।