बिर्तामोड । झापाको बिर्तामोड ३ स्थित बिर्ता बजारमा विगत ७ वर्षदेखि अटो चलाउदै आएका एक मजदुरलाई निशुल्क रिकन्डिशन अटो प्रदान गरिएको छ ।
७ बर्ष सम्म नियमित रुपमा चलाए बापतको किस्ता रकम इमान्दारितापूर्वक बुझाएको तथा दुर्घटना नगराई सडकमा सुरक्षित तबरले अटो चलाएको भन्दै माझीलाई करिब २ लाख ५० हजार मूल्य पर्ने अटो प्रभातिका सञ्चालक रमेश राजवंशी (रवि) ले निशुल्क प्रदान गर्नु भएको हो ।

अटाे निशुल्क पाउंदा मनोज माझीले खुसी ब्यक्त गर्दै, खुल्ला हृदय बनाएर विपन्न श्रमिकलाई सहयोग गरेकोमा विशेष धन्यवाद दिनुभएको थियो ।
अटोको चाबि राजवंशी र कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिका ३ का वडाध्यक्ष मदन बुढाथोकीले हस्तानतरण गर्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिका ३ का वडाध्यक्ष बुढाथोकीले इमान्दारिताको उपज आज मनिष माझीले ओटो पाएको बताउनुभयो ।

उहाँले जीवनको महत्वलाई बझेर गति नियन्त्रण गरी अटो लगायतका कुनैपनि सवारी साधन चलाउन आग्रह गर्नु भयो ।
कार्यक्रमका विशिष्ट अतिथी पूर्वेली मजदुर यातायात प्रा.लिका अध्यक्ष एवं जनप्रतिनिधी हरीप्रसाद बास्कोटाले आफु जनप्रतिनिधीको रुपमा साथै श्रमिकहरुको हक र अधिकार का लागि श्रमिकमा रुपमा पनि सदैव जिम्मेवारीका साथ काम गरिरहने बताउनु भयो ।
उहाँले मर्यादित र यात्रुमैत्री भएर अटो चलाउन सम्पूर्ण चालकहरुलाई आग्रह गर्नुभयो ।
पूर्वेली यातायात मजदुर प्रालीको समन्वय तथा प्रभाती अटो सर्भिस सेन्टरको आयोजनामा सम्पन्न कार्यक्रममा अटो चालकलाई दुर्घटना न्यूनिकरणकालागि एक दिने ट्राफिक सचेतनासँगै प्रभाती अटो सर्भिस सेन्टरका सञ्चालक राजवंशीले ४० भन्दा बढी अटो चालकलाई प्रमाणपत्रले सम्मान गर्दै हौसला बढाउनु भएको थियो ।

पूर्वेली यातायात मजदुर प्रा ली सल्लाहकार समिति सदस्य धनसिंह राजवंशीले स्वागत गरेको कार्यक्रमको सञ्चालन पूर्वेली यातायात मजदुर प्रा.लीका सचिव तथा पत्रकार गणेश कोइरालाले सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रममा समाजसेवी कोशिष घिमिरे लगायत असल चालकका रुपमा ४० जनालाई सम्मान गरिएको थियो ।














