बिर्तामोड । नेपाल मधेसी समाज समितिको आयोजनामा माघे संग्रान्तिको अवसरमा खिचडी प्रसाद ग्रहणका साथै न्यानो कपडा वितरण गरिएको छ ।
समितिका अध्यक्ष रामेश्वर मण्डलको अध्यक्षमा आयोजित कार्यक्रमका बिच विपन्न नागरीकहरुलाई न्यानो वपडा वितरण गरिएको हो ।

कार्यक्रमकी प्रमुख अतिथी बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतरा प्रसाईले खिचडी प्रसाद ग्रहण गरी विपन्न बृद्व बुबालाई न्यानो कम्बल प्रदान गर्दै कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।

उहाँले सम्पूर्ण भाषा, संस्कृति र मौलिक पहिचानलाई सम्मान गर्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले नगर कमिटी अध्यक्ष सुवास भट्टराई, नगर उप– प्रमुख नगेन्द्रप्रसाद संग्रौला, पूर्व जनप्रतिनिधी भोजराज सिटौला, छठ महिला मञ्चकी अध्यक्ष निशा शाह,उपाध्यक्ष उमेश चौधरी,समाजसेवी कोसिश घिमिरे, बिर्तामोड वडा नम्वर ३ का वडाध्यक्ष मदन बुढाथाकी लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रमको औचित्यमाथी प्रकाश पार्दै समितिका अध्यक्ष मण्डलले संस्कृतिलाई संरक्षण गर्दै सामाजिक एकता स्थापर्नाथ माघे संग्रान्तिको अवसरमा कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।














