बिर्तामोड, माघ २ । नारी सञ्चार गृह झापाको आयोजनामा डिजिटल रिपोर्टिङ तालिम सुरु भएको छ । बिर्तामोडको अर्किड होटलमा आजदेखि सुरु भएको तालिम तीन दिनसम्म सञ्चालन हुनेछ ।

संस्थाकी अध्यक्ष रेजिना गौतमको अध्यक्षतामा भएको कार्यक्रमको नेपाल पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारीले पानसमा दिप बालेर तालिमको उद्घाटन गरेकी थिइन् ।

टेवाको सहयोगमा सञ्चालन भएको तालिममा झापा, मोरङ, सुनसरी र इलामका २५ जना पत्रकारको सहभागिता रहेको छ ।