बुटवल — इलाका प्रहरी कार्यायले बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहितका थप १४ जनाविरुद्ध १ अर्ब १२ करोड बिगो दाबीसहित रूपन्देही जिल्ला अदालतमा बिहीबार नै मुद्दा दर्ताको तयारी गरेको छ ।
यसअघि २८ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता भएको थियो ।
जिल्ला सरकारी वकिल कार्यालयका अनुसार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता गर्न लागिएको हो ।
रवि लामिछानेलाई ४ करोड १३ लाख र छविलाल जोशीलाई ४ करोड २८ लाख रुपैयाँसहित ४२ जनाविरुद्ध १ अर्ब १२ करोड बिगो माग गरिएको छ । यसअघि प्रहरीले सुप्रिम सहकारीकै रकम अपचलन गरेको अभियोगमा गितेन्द्रबाबु राईसहितका २८ जनाविरुद्ध मुद्दा दर्ता गरिसकेको छ ।














