मेचीमहाकाली बुहारी संयुक्त आवाजले  संस्था भित्र आबद्व रहेका महिलाहरुसंग अन्तर सम्बन्ध प्रगाढ बनाउन समूहिक बनभोज कार्यक्रम सम्पन्न गरेको छ ।

झापा जिल्ला कमिटी, कमल गाँउपालिका र कनकाई उपशाखाको संयुक्त आयोजनामा

आयोजित कार्यक्रममा  मेचीमहाकाली बुहारी संयुक्त  आवाजकी केन्द्रिय अध्यक्ष चन्द्रकला काफ्ले  ब्यानर पढेर कार्यक्रमको उदघाट्न गर्नु भएको थियो । 

b7362245-a1bc-445b-b345-1cc80316eef6

 जनहितमा जारी

झापा जिल्ला संयोजक गंगा भट्टराईको अध्यक्षतामा सम्पन्न औपचारीक कार्यक्रमको

औचित्यमाथी संस्थाकी केन्द्रिय अध्यक्ष काफ्लेले प्रकाश पार्नुभएको थियो ।

उहाँले संस्थाबाट के फाइदा मिल्छ भनेर संस्थामा नलाग्न आग्रह गर्नुभयो । सुगमका बुहारीहरुले

दुर्गमका बुहारीहरुलाई संगै लिएर हिड्नु पर्ने  उहाँको भनाइ छ । 

उहाँले स्थापनाकालिन समयलाई स्मरण गर्दै , संस्थालाई नेपालका ५५ जिल्ला भन्दा बढी

स्थानमा पु¥याउन संस्थापक अध्यक्ष यमु शर्मा पौडेलको महत्वपूर्ण भुमिका रहेको बताउनुभयो ।

8097e2d8-907b-4a58-bdfa-59faa993e3df

उहाँले यमुशर्मा पौडेल संस्थाको जरा रहेको बताउदै सम्म्पूर्ण बुहारीहरु त्यसको  हाँगा र पात रहेको बताउनु भयो ।

बालबालिका ,महिला तथा पुरुष हिंसाका विरुद्व आउँदा दिनमा शसक्त रुपमा लाग्न सम्पूर्ण महिला सदस्यरुलाई आग्रह गर्नुभयो ।

a0792ccb-40eb-4ef3-97bf-7b2f35a5d538

 बनभोज कार्यक्रममा सफल नेतृत्व प्रदान गरी सामाजिक जागरणमा महिलालाई प्रेरणा प्रदान

गर्न सफल भएको भन्दै केन्द्रिय अध्यक्ष चन्द्रकला काफ्लेलाई सम्मान गरिएको थियो ।

त्यस्तै सञ्चार माध्यमबाट समाचार सम्प्रेशण गरी खेलेको भुमिकाको कदर गर्दै सञ्चारकर्मी भरत

प्रसाई पनि सम्मान गरिएको थियो ।


41020bdf-eb84-44b3-884d-2277421637bf

कार्यक्रममा  रीना राई ,रोशनी खनाल, आरजु शर्मा ,चन्दा उप्रेती,मिना यादव,निर्मला नेपाल, विनु राजवंशी

,कल्पना भट्टराई ,अस्मिता न्यौपाने ,निर्मला बस्नेत रिता घिमिरे, मुना कँडेल,पूजा शर्मा ,चन्द्रकला

सुब्बा कमल संयोजक माया बास्कोटा, सुनिता अधिकारी काफ्ले ,मिथिला श्रेष्ठ ,सुनिता तामाङ

देवका भण्डारी,आशासुब्बा ,लक्ष्मी रसाइली ,अम्बिका मैनाली ,शिला सुवेदी सफला अधिकारी,

स्वस्तिकान्यौपाने,श्रृजना पराजुली ,शर्मिला अधिकारी  कल्पना भट्टराई ,दीक्षा खतिवडा ,निलम

प्रसाई ,अन्जना सापकोटा ,जानुका सुवेदीलगायतको उपस्थिती रहेको थियो ।  


औपचारीक कार्यक्रमको सञ्चालन झापा जिल्ला सह–संयोजक  रोशनी  खनाल अधिकारीले गर्नु भएको थियो ।