कनकाई । चन्द्र बस्नेत , सुुुरुङ्गा जेसिज सुरुङ्गाको आयोजनामा झापाको कनकाई नगरपालिका ३ स्थित कनकाई माविको खेलमैदान जारी प्रदेश स्तरीय अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि बेलबारी नगरपालिकाकाले जितेको छ ।
‘कनकाई कप–२०८१’ को उपाधीका लागि मंगलबार मोरङको बेलबारी नगरपालिका र भारत सिक्किमको पाउना टोली टिभिएबिच प्रतिस्पर्धा भएको थियो । बेलबारीले उपाधिसँगै नगद १ लाख ११ हजार १११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । उप बिजेता सिक्किमको पाउना टोली टिभिएले भने नगद ६१ हजार १११ रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।
बेस्ट अफ फाएभको खेलको पहिलो सेटमा टिभिएले २५–२० को स्कोरले बेलबारिलाई पछि पारेको थियो भने दोस्रो सेटमा बेलबारीले २५–२१ को स्कोरले बराबरी गरेको थियो । तेस्रो सेटमा टिभिएले पुनः २५–२२ को स्कोरले अग्रता लसएको थियो । चौथो सेटमा बेलबारीले २५–१५ को स्कोरले बराबरी गरेको थियो ।
खेलको पाचौं सेटमा बेलबारिले टिभिएलाई १५–१३ को स्कोरले पछि पारेर विजय हासिल गर्दै उपाधि हात पारेको हो ।
प्रतियोगितामा पाँच बिधाका उत्कृष्ट खेलाडीलाई जनही नगद ५ हजार रुपैयाँ प्रदान गरिएको थियो । बेष्ट डिफेन्सर टिभिएका अनुप राई, बेष्ट स्पाकर बेलबारीका दिेपेश क्षेत्री, बेष्ट बलकर बेलबारीका ऋणि घिमिरे, बेष्ट सर्वर टिभिएका पर्शुराम शर्मा र बेष्ट सेटर रिदेन बिष्टलाई नगदसहित सम्मान गरिएको थियो ।
यसैगरी सर्वोत्कृष्ट खेलाडीका रुपमा बेलबारीका प्रकाश राउतलाई ३२ इन्चको स्मार्ट कलर टेलिभिजन प्रदान गरिएको थियो । म्यान अफ द म्याच बेलबारीका पदम खड्का भएका थिए ।
बिजेताहरुलाई कनकाई नगरपालिकाका नगर प्रमुख तथा कार्यक्रमका बिशिष्ठ अतिथि राजेन्द्रकुमार पोखरेल, कनकाई ३ का वडाध्यक्ष युवराज चम्लागाई, जनप्रतिनिधि, सुरुङ्गा जेसीजका सल्लाहकार संयोजक कुमारमणि पोखरेल, कनकाई नगर खेलकूद समितिका अध्यक्ष जविन तिम्सिना, धार्मिक तथा सामाजिक ब्यक्तित्व शेरबहादुर थापा,जेसीजका पूर्व अध्यक्षहरु, जविन तिम्सिना , शिवकुमार कँडेल, एलपी उप्रेती लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।
सोही कार्यक्रमकाबिच पाँच जना पूर्व राष्ट्रिय भलिवल खेलाडीहरुलाई सम्मान गरिएको थियो । दिेपेश पाठक, सुरेन्द्र खतिवडा, गजेन्द्र ताम्लिङ, श्रीकृष्ण खड्का र संजय अधिकारीलाई सम्मान गरिएको थियो । यसैगरी क्यान्सर रोगी मुना काफ्ले खनाल र दुवै मृगौला खराव भएकी फूलमाया श्रेष्ठलाई जनही नगद ११ हजार रुपैयाँ सहयोग गरिएको थियो ।
प्रतियोगिताको प्रथम पुरस्कार हाल इजरायल निवासी प्रेम उप्रेती र दोस्रो पुरस्कार कनकाई इन्टरनेशनल विल्डर्सका सञ्चालक राम मैनालीले उपलब्ध गराएको आयोजकले जनाएको छ । प्रतियोगिताको मुख्य प्रायोजक पशुपति अङ्ग्रेजी माध्यमिक विद्यालय र प्रायोजकका रुपमा कनकाई नगर खेलकूद समिति रहेको थियो । त्यस्तै सम्पुर्ण ट्रफि कनकाई सामुदायिक वन उपभोक्ता समूहले उपलब्ध गराएको थियोे ।
त्यस अघि कनकाई नगरपालिका र झापा गाउँपालिकाबीच महिला टोलीको मैत्रीपूर्ण खेल समेत भएको थियो । जसमा कनकाई नगरपालिकाको टोली विजेताले भएपनि दुबै टोलीलाई नगद सहित ट्रफी समेत उपलब्ध गराएको थियोे ।
सुरुङ्गा जेसीजका सन् २०२४ का अध्यक्ष दुर्गा पाठक (राजु) को अध्यक्षतामा भएको समापन खेलको उद्घाटन सत्रमा झापा क्षेत्र नं. ४ का संघिय सांसद लालबहादुर साँवाको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रम प्रमुख अतिथि सावा , विषिष्ट अतिथि कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल , अतिथिहरु कनकाई ८ का वडा अध्यक्ष लिलाबहादुर कटुवाल , खेलको प्रमुख प्रायोजक पशुपति अंग्रेजी बिद्यालयका संचनलक एलपी उप्रेती झापा जिल्ला प्याव्यनका बरिस्ठ उपाध्यक्ष एचके पाठक लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियोे ।
जनप्रतिनिधिहरु , बिभिन्न राजनिती दलका प्रमुख तथा प्रतिनिधि , स्थानीय संघसंस्थाका प्रमुख तथा प्रतिनिधि , शैक्षिक एवं सामाजिक ब्यक्तित्व,खेलमा आवद्ध व्यक्तित्वहरुको आतिथणयतामा भएको कार्यक्रममा वेसिजका पुर्व अध्यक्षहरु जनक कार्की, सरला दाहाल पोखरेल ,कमल कटेल, उषा उप्रेती,मोतिखर ओझा , सुस्मा न्यौपाने , सुरुङ्गा जेसीज सन् २०२५ का अध्यक्ष दिपेन्द्र प्रधान साथै खेल प्रेमीहरुको उल्लेख्य उपस्थित रहेको थियो ।
कार्यक्रममा स्वागत प्रतियोगिताका संयोजक जेनिस चौलागाईले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन महासचिव रिसव सिंह चाहारले गर्नुभएको थियो ।