बिर्तामोड । भरत प्रसाई, भरतमा सम्पन्न अल इण्डिया चिफ मिनिस्टर गोल्डकपको उपाधि जितेको नेपाली फुटबल क्लब झापा ११का खेलाडी तथा अफिसियललाई झापामा भव्य स्वागत तथा सम्मान गरिएको छ ।


सिक्किमको नाम्चीमा सम्पन्न १० औं अल इण्डिया चिफ मिनिस्टर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि जितेको क्लबको टिमलाई बिर्तामोडमा क्लबले आयोजना गरेको कार्यक्रमका बीच भव्य सम्मान गरिएको हो ।

77777777

जोरेथाङ रंगशालामा मंगलबार भएको फाइनल खेलमा झापाले अर्को नेपाली टोली चर्च ब्वाईज युनाइटेड क्लबलाई २–० गोलले हराउँदै उपाधि जित्न सफल भएको हो । झापाको जितमा सन्तोष खत्री र प्रदिप बुढाथोकीले गोल गरेका थिए ।

  विजयी खेलाडीहरुलाई शुभकामना दिदै  जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष प्रशान्त भण्डारी झापा गोल्डकपको जन्मदाता झापा ११ र जलकुमार गुरुङनै रहेको बताउनुभयो । उहाँले भद्रपुर गोल्डकप हुँदा झापा ११ लाई निषेध गर्नु  फुटबलको बिकासका लागि राम्रो संकेत नभएको बताउनु भयो ।



उहाँले  भापा गोल्डकपले भद्रपुर गोल्डकप जन्माएको बताउदै खेलकुदको क्षेत्रमा राजनिति पस्नु नहुने बताउनु भयो ।

झापा गोल्डकप हुँदै गर्दा झापा ११ खेल्न पाउने सहमति एकता सहित टुर्नामेन्ट सम्पन्न गर्न सहकार्य भएतापनि भद्रपुर गोल्डकप हुदाँ झापा ११ खेल्नलाई निषेध गरिनु  खेलकुद र खेलाडीको बिकासका निम्ति राम्रो संकेत नभएको उहाँको भनाइ छ ।

8झापा ११का महासचिव  गणेश पोखरेले सम्मानित खेलाडीहरुको प्रमाणपत्र बाचन गर्नु भएको थियो । झापा ११का अध्यक्ष जलकुमार गुरुङले सम्पूर्ण खेलाडीलाई विशेष धन्यवाद दिदै झापा ११ ले  खेलाडीहरुको उत्कृष्ट प्रदशनीलाई  कहिल्यै नबिर्सिने बताउनु भयो ।

उहाँले झापा ११ संग कुनै महत्वकांक्षा नरहेको बताउनु भयो । केवल नेपाल फुटबलको उन्नयन नै आफुहरुको उदेश्य रहेको गुरुङले बताउनु भयो । 

विजेता बनेको झापाले उपाधिसहित नगद २० लाख भारतीय रुपैयाँ (नेरु ३२ लाख) हात पारेको छ । झापाले प्रतियोगितामा सुदेवा एफसी, दिल्लीलाई हराएको थियो ।