बिर्तामोड । भरत भाबुक प्रसाई, क्षितिज नाट्य प्रतिष्ठान झापाले नारी संवेदना बोकेको नाटक मुक्तिको बाटो मञ्चन गरेको छ । बहुभाषि तथा बहुसांस्कृतिक संग्रालय सहितको कोशी प्रदेशकै पहिलो नाटक घरमा केहि समय अगाडी मञ्चन गरिएको परिवन्ध नाटकले निकै चर्चा बटुल्न सफल भएको थियो ।
कला क्षेत्रमा लामो समयबाट लाग्नु भएका माधव विकल्पको परिकल्पना÷ लेखन तथा निर्देशन रहेको नाटकमा एकल अभिनय क्षितिज नाट्य प्रतिष्ठानकी केन्द्रिय कलाकार समिक्षा खतिवडाको अभिनय रहेको थियो । करीव ३० मिनेटको नाटकले दर्शकलाई भाबुक बन्न विवश वनाउछ ।

एक नारी जसभित्र घरको जिम्मेवारी हुन्छ, विपन्नताको कारण अनेक प्रलोभनमा पारी विदेशका कोठीहरुमा बेचिन पुग्छिन्,नशाको दलदलमा परछिन् अन्तत आफ्नो जीवन गुमाउछिन् । नारी वेदना र समाजले नारीप्रति गरेको व्यवहार नाटक मुक्तिको बाटोमा देखाउन खोजिएको छ । मुक्तिकोबाटो नाटकमा लाइट तथा साउण्ड कलाकार राजकुमार भट्टराईले दिनु भएको छ ।
आफ्नो देशलाई माया गर्ने नेपाली छोरी जो मृत्युसंग लडिरहदा समाजलाई पतित बनाउने समाजका किराहरुको नाश गरी जन्मभुमिलाई बचाउन आग्रह गर्दै आफ्नो प्राण त्याग गरेको दृश्यले सबैको मन रसाउछ, भाबुक बनाउछ । कलाकार खतिवडाले अब्बल अभिनय प्रस्तुत गर्नुभएको छ ।
नाट्य प्रतिष्ठानकी केन्द्रिय सदस्य , प्रथम मिस मेची र मिसग्राण्ड झापा २०१६ की बिजेता समिक्षा खतिवडाको एकल प्रस्तुति नाटक मुक्तिको बाटोले उपस्थित सबै दर्शकहरुलाइ स्तब्ध तुल्याएको थियो ।
इकम कलेजका विद्यार्थीहरु चलचित्र हेर्न जाने भनिरहेको बेलामा बास्तविक जिवन्त शिक्षा मिल्छ भनेर नाटक देखाउन विद्यार्थीहरु लिएर आएको इकम कलेजका शिक्षक निर्मल खनालले बताउनुभयो ।
नाटक हेरीसकेपछी संक्षिप्त प्रतिक्रिया दिदै खनालले समाज रुपान्तरमा नाटक प्रेरणादायी रहेको बताउनु भयो । उहाँले क्षितिज नाटक घर र कलाकार समीक्षा खतिवडालाई विशेष धन्यवाद समेत दिनुभयो ।
बहुजाति, बहुभाषि र बहुसांस्कृतिक संग्रालयको परिकल्पना सहित २०७५ सालबाट निर्माण सुरुभएको यस नाटक घरले पुर्णता पाएको छ ।
पछिल्लो समयमा कला र नाटक सिकाइका निम्ति विभिन्न विद्यालयहरुले आफ्ना विद्यार्थी पठाउन थालेका छन् । स्थानिय सरकार, प्रदेश सरकार, तत्कालिन सांसद विकास कोशको सामूहिक लागानिबाट निर्माण कार्यको प्रारम्भ गरिएको नाट्य घर पछिल्लो समय नयाँ कलाकार उत्पादन गर्ने थलो भएको छ ।
नाट्य घरका एकैपटकमा ३ सय ५० भन्दा बढीले एकै साथ नाटक हेर्न सक्ने छन् । एक इटा अभियानबाट थालनी भएको नाटक घरलाई यो स्थान सम्म ल्याई पु¥याउन क्षितिज नाट्य प्रतिष्ठानका केन्द्रिय अध्यक्ष कल्पित सहित सिंगो कलाकारहरुको अतुलनिय योगदानलाई नर्कान सकिन्न ।
क्षितिज नाट्य प्रतिष्ठानका केन्द्रिय अध्यक्ष माधव कल्पितले नाटक मञ्चनको औचित्यमाथी प्रकाश पार्नु भएको थियो ।
उहाँले युवाहरु अनेक प्रलोभनमा परी गलत मार्ग तर्फ लाग्दै गरेको वर्तमान अवस्थामा समाजिक सचेतनाका निम्ति नाटक मञ्चन गरिएको बताउनु भयो ।
उहाँले नाटक घरलाई नाटक प्रयोगशालाका रुपमा विकास गराउन आम कलाकार दर्शक तथा शिक्षक शिक्षिकाहरुलाई अपिल गर्नु भएको छ ।
नाटक हेरी सकेपछि इकम कलेजकी विद्यार्थीले नाटक राम्रो रहेको साथै सामाजिक जागरणका लागि नाटक योग्य रहेको प्रतिक्रिया दिईन ।
झापाली कलाकारहरुको अथक प्रयास र प्रयत्नबाट निर्मित झापा नाटक घर अहिले स्थानिय बिद्यालयका बिद्यार्थीहरुको नाट्य विधाको पठन पाठनका लागी प्रयोगशाला कक्षका साथै श्रब्य दृश्यको हव बनेको क्षितिज नाट्य प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष तथा झापा नाटक घरका निर्माण परिकल्पनाकार कल्पितले जानकारी दिनुभयो ।
कल्पितको निर्माण परिकल्पना र गजेन्द्र पृथकको लेखन निर्देशनमा आधारित नाटक परिबन्ध ले १ महिनालाको लामो मञ्चन कार्य १ हप्ता अघि मात्रै सम्पन्न गर्यो ।
उक्त नाटक १५ हजार बढि दर्शकले हेरेको प्रतिष्ठानका केन्द्रिय अध्यक्ष माधब सिटौलाले जानकारी दिनु भएको छ ।
उक्त नाटक समापन हुन नपाउदै इकम कलेज बिर्तामोडका बिद्यार्थीहरुको माग र चाहनामा माघ २५ गते शुक्रबार लागुओैषध दुब्यसन न्युनिकरण सम्बन्धि नाटक मुक्तिको बाटो मञ्चन भएको हो ।














