सन्थाल समूदायको महान पर्व सोहरायको अवसरमा विर्तामोड नगरपालिकाले सार्वजनिक विदा दिएको छ ।
लोपउन्मुख तथा भुमि पुत्रका रुपमा झापा लगायत सुनसरी र मोरङ जिल्लाहरुमा रहेका सन्थाल समूदायको पर्वलाई संरक्षण गर्ने उदेश्यले बिर्तामोड नगरपालिकाको २७ गते बसेको कार्यपालिकाको बैठकले प्रत्येक वर्ष माघ ३० गते अर्थात, आज सार्वजनिक विदा दिने निर्णय गरेको कार्यक्रमकी बिशिष्ट अतिथी तथा बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईंले बताउनुभयो ।
उहाँले सबै भाषा र सस्कृतिको संरक्षण गर्नु स्थानिय सरकारको दायित्व रहेको बताउनु भयो ।
प्रमुख अतिथी तथा कोशी प्रदेशका खानेपानी सिचाइ तथा उर्जा मन्त्री एकराज कार्कीले स्थानिय सरकारले सार्वजनिक विदा प्रदान गरि सन्थाल समूदायको भावनालाई सम्बोधन गरेको बताउनुभयो ।
उहाँ बहुसाँस्कृतिक, बहुआयामिक भुमिका बोकेको नेपाल अन्य राष्ट्रभन्दा भिन्न बन्नुको कारण भनेको फरक सांस्कृतिक पहिचान रहेको बताउनुभयो ।
उहाँले सन्थाल समूदायले दशैं आएको शङकेत गर्ने ढोल बाजा ,बजाउन छोड्दै गएकोमा दुःख ब्यक्त गर्नुभयो ।
प्रमुख अतिथि कार्कीले पानसमा बत्ति बालेर उद्घाटन गरिएको कार्यक्रममा सन्थाल मार्साल डाहार सुसार समाजका अध्यक्ष रिन्टु हस्दाको अध्यक्षता रहेको थियो ।
बिर्तामोड वडा नम्वर ३सन्थाल मार्साल डाहार सुसार समाजका अध्यक्ष श्याम मुर्मूले सोहराय पर्वका महिमाका सम्बन्धमा प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा सन्थाल समूदायको नृत्य सोहराय नृत्यसहित साँस्कृतिक पहिचान झल्कने ३ र अन्य गरि ६भन्दा बढी नृत्य प्रस्तुत गरिएको थियो ।
कार्यक्रम सन्थाल समूदायमा चर्चित कलाकार तथा गायक टुप्ला सोरेन,मुना सोरेन ,राष्ट्रिय गायक निरज पोखरेल तथा श्याम सुन्दरले आफ्नो गायकीका माध्यमबाट मनोरञ्जन प्रदान गरेका थिए ।
कार्यक्रममा सौन्दर्य प्रतियोगिताको आयोजना गरिएको थियो ।
कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष राहुल शर्मा, ५ का रोहित प्रसाई ,वडा नम्वर ७ मा कृष्णअविरल खरेल, वडा नम्वर ९ का हरिप्रसाद चौलागाँई, १० का दुर्योधन गुरुङ, गरामनी अस्थाई प्रहरी चौकीका प्रमुख चन्द्रकान्त राय , शिक्षक खिलप्रसाद शिवाकोटी ,वडा नम्वर ३का कार्यवाहक अध्यक्ष हरि बाँस्कोटा, नेकपा एमाले बिर्तामोड नगर कमिटीका अध्यक्ष सुवास भट्टराई लगायत सन्थाल समूदाय केन्द्रीय प्रतिनिधि र जिल्ला प्रतिनिधिहरुको बाक्लो उपस्थिती रहेको थियो ।

कार्यक्रमको सञ्चालन जमुना हेमरन र राम सोरेनले गर्नु भएको थियो । झापा सन्थालहरुको सबैभन्दा बढी बसोबास भएको जिल्ला मानिन्छ ।
सोहरायको पहिलो दिनलाई ‘उम’, दोस्रो दिनलाई ‘दाका’, तेस्रो दिनलाई ‘खुन्टौ’, चौथो दिनलाई ‘जाली’, पाँचौँ दिनलाई ‘हाकुकाद्कम’ र छैटौँ दिनलाई ‘साकरात’ भनिने गरेको छ ।
मिठोमसिनो खाने र एकअर्काको गाँउ तथा घरमा गएर रमाईलो गरेर सन्थालहरुले यो पर्व मनाउँदै आएका छन् ।
यो पर्वमा चेलीबेटी र पाहुनाहरुलाई निमन्त्रणा गरिएको हुन्छ गरेर उनीहरुले ल्याएका कोसेली वितेका पूर्वजहरुलाई चढाएर नाँचगान पनि हुने गरेको छ ।














