भद्रपुर । भद्रपुर झापा गोल्डकपको दोस्रो संस्करण गम्भीर राई स्मृतिका झापा गोल्डकप आगामी फागुन ७ देखि हुने भएको छ । 

भद्रपुरस्थित मेची रंगशालामा आज पत्रकार सम्मेलनको आयोजना गरि तयारी अन्तिम चरणमा पुगेको जानकारी दिइएको हो । 

हालै दिवंगत भएका पूर्वफुटबलर गम्भीर राई स्मृतिको आयोजना गर्न लागिएको प्रतियोगिता भद्रपुरस्थित मेची रंगशालामा हुने छ । 

प्रतियोगितामा तीन पाहुना टोली र दुई विभागीय टोलीसहित १० टोलीले भाग लिने आयोजकले जनाएको छ ।

 उद्घाटन खेलमा भद्रपुर ब्लेजर्स र पाहुना टोली दार्जिलिङ पुलिस फुटबल क्लब (भारत)बीच प्रतिस्पर्धा हुनेछ ।

fixture-1-0622025120200

भद्रपुर झापा गोल्डकपको उद्घाटन पूर्वउपप्रधान तथा गृहमन्त्री तथा राष्ट्रिय सभा सदस्य कृष्ण सिटौलालले गर्ने कार्यक्रम रहेको भद्रपुर झापा गोल्डकपका अध्यक्ष  दिपेश ढकालले बताउनु भयो । उहाँले सम्पूर्ण तयारी पुरा भएको  बताउदै गोल्डकपलाई सफल बनाउन रचनात्मक भुमिका खेलिदिन सबैमा अपिल गर्नु भएको छ । 

। प्रतियोगितामा नेपाल पुलिस, एपीएफसँगै भारत, बंगलादेश र भुटानको टोलीले सहभागिता जनाउने छन् । त्यस्तै झापा–११ एफसी, मछिन्द्र फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, न्युरोड टिम (एनआरटी) लगायतको सहभागिता रहने छ । प्रतियोगिताका विजेताले नगद १३ लाख तथा उपविजेताले ७ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।

IMG_2780

प्रतियोगिताभरिको सर्वोत्कृष्ट खेलाडी ‘प्लेयर अफ द टुर्नामेन्ट’ले एक लाख पाँच हजार रुपैयाँ पाउनेछन्। । त्यस्तै, उत्कृष्ट गोल किप्पर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले नगद २५ हजार पाउने आयोजित पत्रकार सम्मेलनमा भद्रपुर झापा गोल्डकपका महासचिव जीवन श्रेष्ठले जानकारी दिनुभयो । 


प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद २१ हजार रुपैयाँ दिइनेछ। प्रतियोगितामा आयोजक भद्रपुर ब्लेजर्स, झापा ११, नेपालका विभागीयसहित ५ वटा ए डिभिजन क्लब तथा भारत, भुटान र बंगलादेशका तीन विदेशी क्लबको सहभागिता रहने गोल्डकपका अध्यक्ष ढकालले बताउनु भयो । प्रतियोगिताको दोस्रो पुरस्कार अन्तर्राष्ट्रिय झापाली समाजले प्रदान गर्ने भएको छ। प्रतियोगिताको फाइनलमा टिकट काट्ने एकजना भाग्यशाली दर्शकलाई जगदम्बा मोटर्सले एक थान टिभिएस मोटरसाइकल उपहार प्रदान गर्नेछ ।

IMG_2769

प्रतियोगिता सम्पन्न गर्न करिब १ करोड ७८ लाख रुपैयाँ खर्च अनुमान आयोजकले गरेको छ ।  प्रतियोगितामा क्वाटर फाइनल सम्म २०० सय रुपैंया,सेमिफाइनलमा ३०० र पक्की प्याराफिटका लागि ५०० टिकट दर कायम गरिएको छ । प्रतियोगिताको समापनका दिन सम्मानिय प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यता रहने अध्यक्ष ढकालले बताउनु  भयो ।