बिर्तामोड। नेपाल भेनियर उत्पादक संघका नवनिर्वाचित पदाधिकारीले शपथग्रहण गरेका छन् ।
संस्थाको आठौं अधिवेशन तथा १२ औं बार्षिक साधारण सभाबाट निर्बाचित पदाधिकारीको निर्बाचन अधिकृत गोपालकुमार बस्नेतले नाम घोषणा गरेका थिए भने निवर्तमान अध्यक्ष दीपक पाण्डेले शपथग्रहण गराएका थिए।
संस्थाका केन्द्रीय अध्यक्ष दीपक पाण्डेको अध्यक्षता तथा पूर्व अध्यक्ष तथा कोशी प्रदेशका खानेपानी सिञ्चा॓ई तथा उर्जा मन्त्री एकराज कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष श्यामकुमार न्यौपानेले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष श्यामकुमार न्यौपानेले स्वीकारोक्ती मन्तव्य व्यक्त गर्दै भेनियर उत्पादक ब्यवसायीहरूको हक अधिकारका लागी कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नरेन्द्रकुमार खड्का , झापा उद्योग संघका अध्यक्ष यामबहादुर श्रेष्ठ, मेची उद्योग वाणिज्य संघका अध्यक्ष ख्यामराज प्रसाई, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश सदस्य ऋषीराज तिम्सिना, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका निवर्तमान अध्यक्ष टीकाराज ढकाल, नेपाल प्लाईउड उत्पादक संघका केन्द्रीय सचिव दिनेश चापागाई, नेपाल अलैंची व्यबसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराई, नेपाल कुचो संघका अध्यक्ष राजकुमार कार्की, नेपाल वनपैदावार संघका सदस्य कमल कार्कीलगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए।
२०८१ माघ १२ गते सम्पन्न निर्वाचनबाट अध्यक्ष श्यामप्रसाद न्यौपाने, वरिष्ठ उपाध्यक्ष दिनेश शाक्य, उपाध्यक्ष विमल कुमार प्रधान,उपाध्यक्ष सुरेशकुमार अग्रवाल,महासचिव संजिवकुमार वर्मा, सचिव लिलाकुमार न्यौपाने र कोषाध्यक्ष अन्जनीकुमारी चौधरी सर्वसम्मत निर्वाचित भएका छन् ।
कार्यक्रमको सञ्चालन संस्थाका महासचिव दिनेश शाक्यले गरेका थिए।














