कनकाई, ९ फागुन । होटल व्यवसायी संघ क्षेत्रीय समिति कनकाईको नयाँ नेतृत्व चयनसँगै पद हस्तान्तरण भएको छ। कनकाईको पर्यटकीयस्थल जामुनखाडीमा भएको कार्यक्रममा श्रेष्ठको नेतृत्वमा १५ सदस्यीय नयाँ नेतृत्व चयनसँगै पद हस्तान्तरण समेत गरिएको छ ।
संघको अध्यक्षमा पुनः दलकुमार श्रेष्ठ चयन हुनुभएको छ । समितिको वरिष्ठ उपाध्यक्षमा तिलकबहादुर श्रेष्ठ, उपाध्यक्ष द्वयमा ईश्वरबहादुर राई र पिताम्वर पाठक, सचिवमा कैलाश बराल, सहसचिवमा झुमा गौतम, कोषाध्यक्षमा सुरेश तिवारी चयन हुनुभएको हो ।
संघको सदस्यमा गोपाल सिटौला, पर्शुराम राजबंशी, कुमार बास्तोला, अमृता कार्की (चौलागाईं), रामकुमारी राई (पुनम), सागर गिरी र इन्द्रप्रसाद भट्टराई (आई पी) चयन हुनुभएको निर्वाचन समिति सदस्य सरोज सिटौलाले जानकारी दिनुभयो ।
नयाँ नेतृत्व चयनका लाग्य निर्वाचन समिति संयोजक होटल व्यावसायी संघ झापाका वरिष्ठ उपाध्यक्ष खेम ओलीको संयोजकत्वमा कनकाइ उद्योग वाणिज संघका महासचिव सरोज सिटौला र हरिप्रसाद सेढाई सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो । निर्वाचन समितिले सर्वसम्मत नेतृत्व चयन गरेपछि पद तथा गोपनियताको सपथ खुवाएको हो ।
संघका अध्यक्ष दलकुमार श्रेष्ठको अध्यक्षमा आयोजित कार्यक्रममा संघका जिल्ला अध्यक्ष ईन्दिरा श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो । पहिलो सत्रको कार्यक्रमपछि निर्वाचन अधिकृत खेम ओलीले सपथ खुवाउनु भएको थियो ।
कार्यक्रममा होटल व्यवसायी संघ दमकका अध्यक्ष भुपेन्द्र न्यौपाने, होटल व्यवसायी संघ क्षेत्रीय समिति कनकाईका संस्थापक अध्यक्ष हरिभक्त सिटौला, बङ्गाली समाज कनकाईका अध्यक्ष पंङ्गकज मण्डल, कनकाई सामुदायिक वन सुरुङ्गाका उपाध्यक्ष ललित बहादुर कार्की, सहकार्य युवा क्लबका पूर्व अध्यक्ष टिकाराम भण्डारी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियोे ।
निर्वाचन सम्बन्धि विविध गतिविधिका बारेमा निर्वाचन समिति संयोजक खेम ओलिले प्रष्ट पारेको कार्यक्रमको सन्चालन निर्वाचन समितिका सदस्य सरोज सिटौलाले गर्नुभएको थियोे भने सफत पछि नवनिर्वाचित सचिव कैलाश बरालले गर्नुभएको थियो ।














