कनकाई , चन्द्र बस्नेत ।   झापाको कनकाई नगरपालिकामा  सामुदायिक कुकुरलाई निशुल्क रेविज विरुद्धको खोप तथा  बन्ध्याकरण शिविर सम्पन्न  भएको छ । कनकाई नगरपालिकाले गएका वर्षहरुमा जस्तै यस वर्ष पनि २ दिवसीय  बन्ध्याकरण शिविर सम्पन्न गरेको हो ।

 शिविरमा नगरपालिका क्षेत्रभित्रका सबै वडाबाट सामुदायिक कुकुर समातेर ल्याएको  र बन्ध्याकरणसँगै रेबिजविरुद्धको भ्याक्सिन तथा आवश्यकताअनुसार अन्य औषधि र उपचार गरेर छोडिएको  पशुपंछी तथा मत्स्य विकास शाखाका भेट्नेरी अधिकृत कुल बहादुर गुरुङले जानकारी दिनुभयो ।

नेपाल एग्रिभस्ट्क ट्रेनिङ्ग एन्ड रिसर्च सेन्टर ईटहरी सुनसरीको प्राविधिक सहयोगमा आयोजना गरिएको शिविरमा योपटक ८०  भन्दा बढी कुकुरको बन्ध्याकरण गरिएको भेट्नेरी अधिकृत गुरुङले जानकारी दिनुभयो ।

नगर भेटनेरी अधिकृत गुरुङले  छिमेकी पालिकाहरुले पनि हरेक वर्ष अनिवार्य रुपमा शिविर आयोजना गरे मात्रै सामुदायिक कुकुर नियन्त्रण गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । शिविरमा ३ जना डक्टरसहित १० जनाको टिम सुनसरीबाट आएको र नगर बाट भेट्नेरी अधिकृत सहित ३  जनाको टिम खटिएको थियोे ।

कनकाई ३ स्थित कनकाई सामुदायिक वन परिषरमा आयोजना गरिएको शिविरमा यस वर्ष ७२ वटा मात्रै कुकुरको  बन्ध्याकरणसँगै रेबिजविरुद्धको भ्याक्सिन तथा आवश्यकताअनुसार अन्य औषधि र उपचार गर्ने लक्ष लिएको भएपनि ८० बढी उपचार गरिएको जनाएको छ।

 कनकाई नगरमा करिव २ हजार बढी सामुदायिक कुकुर रहेको र यस्तो शिविरलाई नगर तथा वडाहरुले थप चासो देखाई प्रतेक वर्ष बजेट बढाई यस्ता शिविर हरेक वडा वडामा सन्चालन गरि जोखिमबाट वचन स्थानीय अग्रज जयनारायण चुडालको भनाई छ ।

WhatsApp Image 2025-02-22 at 21.42.00 (1)कनकाईमा हरेक वर्ष शिविर सञ्चालन गर्दै आए पनि सामुदायिक कुकुरले बाहिर बाँधेका बाख्राका पाठा, गाई गोरुलाई टोक्ने, मानिसलाई नै आक्रमण गर्ने गरेको र उनीहरुबाट रेबिजसमेत सर्ने भएकोले समस्या समाधानका लागि शिविर सञ्चालन गरिएको नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउनुभयो ।

कनकाई नगरपालिकाले २०७४ सालदेखि हरेक वर्ष सामुदायिक कुकुर बन्ध्याकरण शिविर सञ्चालन गर्दै आएको  बताएको छ । हालसम्ममा करिब २ हजार  भन्दा बढी कुकुरलाई बन्ध्याकरण गरिएको जनाइएको छ ।

नगरमा कृषि तथा पशुपालनका क्षेत्रमा आत्मनिर्भर बन्दै आएका नगरवासीलाई प्राथमिकतामा राखेर स्थानीय सरकारले घर घरमै सेवा पुर्याउँने उदेश्यका साथ पशु शिविर समेत  सञ्चालन गर्दै आएको बताउनुभयो।

उहाँले बढी भन्दा बढी नगरबासी कृषकलाई लाभ लिन अनुरोध गर्दै  नगरवासीको पशुधन सुरक्षामा स्थानीय सरकार गम्भीर भएको बताउनुभयो।