कनकाई । विश्वशान्तिको पवित्र उद्देश्यका साथ झापाको कनकाई नगरपालिका–४ स्थित कोटीहोममा जारी ढकाल बन्धुको महायज्ञमा शनिबार विशिस्ट व्यक्तिहरुको सहभागी रहने जनाएको छ।


गत आइतबार बाट आगामी १५ गते बिहीवार सम्म समाजको आयोजनामा ‘विश्वशान्ति सत्संग साधना अनुष्ठान, धान्यचल, शिव महापुराण एवम् ज्ञानविज्ञान विराट महायज्ञ २०८१’ जारी छ। महायज्ञमा भक्तजनहरुको भिड बढ्न थालेको छ ।

जारी महायज्ञमा दिनप्रतिदिन भक्तजन बढ्दै गएको ढकाल बन्धुहित तथा वंशावली एकीकृत समाजका केन्द्रीय अध्यक्ष डिल्लीराम ढकालले जानकारी दिनुभयो ।

 जनहितमा जारी


यसैबीच  भारतको सिकिम राज्यका पुर्व स्वास्थ्य मन्त्री डा.मनिकुमार शर्मा,डा.जजमान गुरुङ ,सिकिम राज्यका पुर्व कमिस्नर एवंम सूचना आयुक्त चेवन्नाथ ढकाल, अछाम जिल्ला कमल बजार नगरपालिका ढाकुका मेयर यज्ञ प्रसाद ढकाल, सोही उद्योग वाणिज संघका अध्यक्ष कृष्णप्रसाद ढकाल , ईलामको माई नगरपालिका नगर प्रमुख खम्बासिङ्ग लिम्बू ,प्रमुख प्रशासकीय अधिकृत महेन्द्र विश्वकर्मा सहित विभिन्न प्रतिष्ठित व्यक्तिहरुको सहभागिता रहेको  अध्यक्ष ढकालले जानकारी दिनुभयो ।


image-38

महायज्ञमा मुख्य कथा वाचकमा पुराणाचार्य पन्डित दुर्गा प्रसाद ढकाल तथा उपवाचकमा व्यासचार्य डेगनाथा ढकाल रहनुभएको छ ।

विश्वभर छरिएर रहेका ढकाल बन्धुहरुको सहयोगमा जारी महायज्ञमा सहभागी भएर पूण्य आर्जन गर्न अध्यक्ष डिल्लीराम ढकालले आग्रह गर्नुभयो ।


नेपालमा करिब सात/ आठ लाख र विश्वभरि करिब २४/२५ लाख ढकाल बन्धुहरु छरिएर रहनुभएको समाजका उपाध्यक्ष एवम् वंशावली निर्माण समितिका संयोजक उमानाथ ढकालले बताउनुभयो ।