बिर्तामोड । ओमनारायण राजवंशी,बाह्रदशी गाउँपालिका २ बुट्टाबारीकी दुइटै मृगौला फेल र मुटुमा दागका कारण जीवन-मरणको दोसाँधमा रहेकी १४ वर्षीया सम्झना राजवंशीको उपचारका लागि झापामा राजवंशी खेलकूद विकास समितिले आर्थिक सहयोग अभियान चलाएको छ।


शनिबार राजवंशी खेलकुद विकास समितिको आयोजनामा  बिर्तामोडको भाटभटेनी अगाडि पानीपुरी र चट्पटे बेचेर संकलित रकम बिरामी नानीको उपचार खर्चका लागि प्रदान गर्ने उद्देश्यले सहयोग कार्यक्रम सञ्चालन गरिएको हो।


8c294309-011e-4463-b059-1016c2030cf0आर्थिक रूपमा कमजोर भएको परिवारले सहयोगका लागि अपिल गरेको थिए ।

 जनहितमा जारी

सम्झनालाई केही दिनअघि बिर्तामोडको बिर्तासिटी अस्पतालमा भर्ना गरिएको थियो।

१२ दिन उपचार गराउँदा स्वास्थ्यमा केही सुधार देखिएको छ। हाल उनलाई घर फर्काइएको छ। तर, अझै लामो उपचार आवश्यक रहेको चिकित्सकहरूले बताएका छन्।

राजवंशी खेलकुद विकास समितिका अध्यक्ष बुद्धकरण राजवंशीका अनुसार सम्झनाको उपचारका लागि सहयोग जुटाउने अभियान जारी रहनेछ।


fae57687-a51f-405c-ab92-0039cb8c1251

भोलि सोमबार कचनकवल गाउँपालिकाको बनियानी स्थित हिकाहुकी चोकमा पनि पानीपुरी र चट्पटे बेचेर सहयोग संकलन गरिने समितिका सचिव गिरीबन्धु राजवंशी (गौतम) ले जानकारी दिएका छन् ।


5c5dfab6-e76a-46d4-8fc6-88285276a583

समितिले इच्छुक सबै महानुभावलाई आ-आफ्नो तर्फबाट सक्दो सहयोग गर्न अपिल गरेका छन्।

  "थोपा थोपा मिलेर सागर बन्छ" भनेझैँ, सानो सहयोगले पनि सम्झनाको जीवन बच्न सक्छ।" अभियानमा लागेका साथीहरुले यस पुन्यकार्यमा सबैलाई सामेल हुन अनुरोध गरेका छन्।