झापाको बिर्तामोड-४ मा अवस्थित इडन गार्डेन एजुकेशन फाउन्डेसनले ३६ औँ वार्षिकोत्सव विविध कार्यक्रम गर्दै मनाएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समिशा सिटौलाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि एन प्याब्सनका केन्द्रिय उपाध्यक्ष जयबहादुर श्रेष्ठ रहेका थिए ।

480516410_9621846974543018_6309275049065538230_nसोही अवसरमा बेष्ट हाउस एल्लो हाउस, स्टुडेन्ट अफ द इयर छात्रा अन्मिका थापा तथा छात्र चेतन संग्रौला, बेष्ट टिचर अफ द इयर वर्षा कार्की र अभिभावक लक्की ड्र बाट पुनित शर्मालाई  पुरस्कृत गरिएको थियो । वर्ष उत्कृष्ट  भएकी शिक्षिकालाई नगद ११ हजार सहित प्रमाणपत्रले सम्मान गरिएको थियो । 

480811839_9621847354542980_4847008651236028338_n (1)उक्त अवसरमा प्रमुख अतिथि एन प्याब्सनका केन्द्रिय उपाध्यक्ष श्रेष्ठले शुभकामना मन्तव्य राखेको कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गायन तथा समसामयिक विषयमा नाटक प्रस्तुत गरेका थिए ।


उक्त समारोहमा हिसान झापाका कार्यवाहक अध्यक्ष उत्तम खनाल, सचिव देवेन्द्र हुमागाईं, एन प्याब्सन झापाका अध्यक्ष ओमविक्रम नेम्बाङ, बिर्तामोड नगर प्याब्सनका अध्यक्ष सुरेन्द्र खरेल, सचिव दिवाङ्कर मैनाली, नेल्टा कोशी प्रदेश उपाध्यक्ष धर्मेन्द्र भट्टराई, बालबालिका तथा शिक्षा सञ्चार मञ्चका संयोजक सरोज पौडेल लगायतको आतिथ्यता रहेको थियो ।

481077266_9621847054543010_8706896113248841585_n

विद्यालयका प्रिन्सिपल मोहन आचार्यले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा स्वागत कमल अधिकारीले गरेका थिए । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक गिताराम आर्चायले गर्नु भएको थियो ।